Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अब पनि कांग्रेसले अग्रसरता नदेखाए प्रजातान्त्रिक व्यवस्था नै धरापमा पर्छ : नैनसिंह महर


    मंगलबार, चैत्र १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले अब पनि कांग्रेसले अग्रसरता नदेखाउने हो भने प्रजातान्त्रिक व्यवस्था नै धरापमा पर्ने बताएमा छन्

    नेपालका कम्युनिस्टहरु संसदीय व्यवस्था नै असफल पार्ने षडयन्त्रमा लागेको आरोप लगाउदै महरले यसाे भनेका हुन् ।

    स्कुल अफ डेमोक्रेसी (एसओडी) विराटनगरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दैँ महरले सभामुखले आफ्नो ड्युटी पूरा नगर्ने, सरकारले पनि संसदलाई बिजनेस नदिएर कम्युनिस्टहरुले संसदलाई बन्धक बनाएको आरोप लगाएका हुन् ।

    स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्षसमेत रहेका नेता महरले संसदको औचित्य र प्रभावकारीता बढाउन अब नेपाली कांग्रेसले गम्भीर ढंगले सोच्नुपर्ने बेला आएको बताएका छन् ।

    ‘संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा चित्रण गर्ने कम्युनिस्टहरुले जनतामा वितृष्णा फैलाउन खोजेका छन्,’ महरले भने,’जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त यो व्यवस्था र प्रजातन्त्रमाथि नै गम्भीर प्रश्न चिह्न खडा गर्न खोजेका छन् कम्यनिस्ट नामधारीहरुले ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार