Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आज अनेरास्ववियुको राष्ट्रिय भेला, प्रमुख अतिथि माधव नेपाल


    मंगलबार, चैत्र १० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एमालेको माधव–झलनाथ समूहको विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय भेला आज प्रज्ञा भवनमा हुँदैछ ।

    दिउँसो १२ बजे सुरु हुने भेलाको उदघाटन एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गर्ने कार्यक्रम छ । भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । भेलाको समापन एमालेका अर्का बरिष्ठ नेता झलनाथ खनालले गर्ने कार्यक्रम छ । यसअघि माधव–झलनाथ समूहले अनेमसंघ र युवा संघको भेलाले नयाँ नेतृत्व चयन गरिसकेको छ ।

    एमाले अध्यक्ष केपी ओलीले फागुन २३ को सर्वोच्चको फैसलाले नेकपाको एकता खारेज गरेर पार्टी ब्यूँताएपछि फागुन २८ मा माधव नेपाल र झलनाथ खनाल सहितका नेताहरुलाई खबर नै नगरी बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखी माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेका थिए । त्यो बैठकबाट एमालेका नेताहरुको जिम्मेवारी समेत खोसिएको थियो ।

    फागुन २८ को केन्द्रीय कमिटीको निर्णय फिर्ता गर्ने माग माधव नेपालहरुको छ । ओली भने एकपछि अर्को गर्दै माधव नेपाल समूहका नेताहरुलाई पार्टीबाटै निकाल्ने दाउमा छन् । त्यही अन्तर्गत माधव नेपाल, भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार