स्वास्थ्यमन्त्री निशा मेहतालाई ध्यानाकर्षण गराउँदै १०० ग्रुपको टीम
काठमाडौं । बिपद् व्यवस्थापन, उद्धार, राहत वितरण, मानव सेवा तथा निःशुल्क शिक्षा सेवामा सक्रिय १०० ग्रुपले स्वास्थ्यमन्त्री निशा मेहता र सचिव डा. विकास देवकोटासँग भेटेर वीर अस्पतालका समस्याका बारेमा ध्यानाकर्षण गराएको छ । ग्रुपका उपाध्यक्ष बिक्रम ओलीको समूहले शुक्रबार मन्त्री र सचिवलाई वीर अस्पतालका समस्याका बारेमा ध्यानाकर्षण गराएको हो ।
ग्रुपले वीर अस्पतालमा सेवाग्राहीहरूले भोगिरहेका समस्या, आमसचांर माध्यममा र आफूहरुमा आएका प्रतिक्रिया, अस्पतालभित्रको बिगतका कुशासन, नर्सिङ कर्मचारी लगायतमाथिथ हुकुमी प्रवृत्ति, पारदर्शीता, गुणस्तरीय सेवासम्बन्धी चुनौती तथा अनियमितता नियन्त्रणका विषयमा ध्यानाकर्षण गराएको छ । साथै सेवाग्राहीहरूको पीडा र निम्नवर्गीय कर्मचारीहरूको गुनासोलाई समेटी समस्या समाधानका लागि स्वास्थ्य मन्त्री मेहता र सचिव डा. विकास देवकोटालाई भेटेरै आग्रह गरेको छ ।
ग्रुपले वीर अस्पताल प्रमुखलाई अस्पताल परिसर सरसफाइ, सेवाग्राहीलाई सवारी पार्किङ, शुद्ध खानेपानी, शौचालय, टिकट काउन्टर, बिल काउन्टर थप्न, आकस्मिक कक्षको शैया थप, ओपीडी तथा इमर्जेन्सीमा बरिष्ठ चिकित्सकको उपस्थिति गराउन माग गरेको छ ।
त्यसैगरी आइसीयु शैया बिस्तार, आइसीयु बेड खाली हुँदाहुँदै खाली छैन भनी कमिसनका लागि निजी अस्पतालमा रिफर गर्न, अपरेसन, भिडियो एक्सरे, एमआरआईको मिति छिटो दिन, फार्मेसीमा बीमा लगायतका सबै औषधि राख्न, सुशासन कायम राख्न, हाजिर, पोशाक, बीमा स्वास्थ्य सेवा सुधार, कर्मचारीलाई सेवा सुबिधा ग्यारेन्टी, सिटी, ल्याब, फार्मेसी सहज रुपमा संचालन गर्नका लागि ध्यानाकर्षण गराएको छ ।

अस्पतालका सेवा कुनै सनकग्रस्त प्रवृत्तिका प्रशासकको लहडमा नरोकिने सुनिश्चितता गर्न, कर्मचारीलाई पद, सेवा र तह अनुसार कामकाजमा खटाउन पनि अस्पताल प्रशासनलाई मन्त्रालयबाट निर्देशन दिनका लागि ग्रुपले अनुरोध गरेको छ ।
वीर अस्पतालमा लामो समयदेखि समूह बनाई राजनीतिक गतिविधि गर्ने, विगतमा खरिद र स्टोरमा भएको अनियमितताका बारेमा राज्यका विभिन्न निकायले दिएको निर्देशन अनुसार कारबाही गर्न पनि १ सय ग्रुपले आग्रह गरेको छ ।
बिगतमा प्रशासनलाई दबाब दिई आफन्तलाई जागिरमा नियुक्ति दिलाउने, अस्पतालमा आर्थिक अनियमितता गर्ने, मेडिकल माफियासँग सेटिङमा खरिद–बिक्री गर्न, उनीहरुको अनियमितता बारेमा आवाज उठाउनेलाई पाखुराको बल देखाई कर्मचारी धम्काउने, संस्था सुधार हुन नदिने पात्र र कर्मचारीलाई तत्कालै सरुवा तथा कारबाही गर्नुपर्ने पनि माग गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend