Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अस्ताइन रेडियो नेपालीकी प्रथम गायिका रानुदेवी


    शुक्रबार, बैशाख १९ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, १९  बैशाख । सन १९३६ नोभेम्बर २७ मा जन्मिएकी रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको गए राती निधन भएको छ ।

    काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ८३ वर्षको उमेरमा गए राति उनको निधन भएको हो । उनका एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    उनको राति नै अन्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् ।

     नेपाली राजनीतकी आदर्श ब्यक्तित्व तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशताबिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन्  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार