काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सरकारले खेलकुद क्षेत्रमा एकपछि अर्को राजनीतिक हस्तक्षेप र कब्जा गर्ने अभियान नै चलाएको छ ।
खेलकुद क्षेत्रको अग्रणी संस्था अखिल नेपाल फुटबल संघ(एन्फा)का निर्वाचन रोक्ने, पदाधिकारीलाई निलम्बन गर्नेदेखि नेतृत्व कब्जा गर्न लागेको बिषय बाहिरिएलगत्तै नेपाल बक्सिङ महासंघ सरकारको हस्तक्षेपको शिकार भएको छ ।
बक्सिङ महासंघको विवादमा सामेल भएका पात्रहरुलाई छाडेर नयाँ पात्रको उपस्थितिमा विवाद समाधान भएको सहमति गरी हस्ताक्षर गराइएको छ । गएको हप्ता राष्ट्रिय खेलकुद परिषदको संयोजनमा महासंघको विवाद समाधानका लागि भनेर महासंघका अध्यक्ष राम अवाले र उपाध्यक्ष श्याम अवालेको उपस्थितिमा महासंघको विवाद मिलाउनका लागि भनेर छलफल गरियो । अवालेद्वय सहोदर दाजुभाइ हुन् ।
छलफलमा विवादका बारेमा निवेदन पेश गर्ने महासचिव रामप्रसाद भण्डारी र सचिव पुस्करराज पन्तको समूहलाई खबर नै नगरी युवा तथा खेलकुद मन्त्रीको समेत जिम्मेवारी पाएका शिक्षामन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार सिद्धीकुमार ब्यञ्जनकारलाई परिषदमा झिकाइयो । र, उनकै सहमतिमा विवादका मुख्य पक्षलाई खबर र उपस्थित नै नगराई विवाद समाधान भएको भन्दै सहमति गरियो । उक्त सहमतिमा महासंघका अध्यक्ष राम अवाले, मन्त्रीका सल्लाहकार सिद्धी ब्यञ्जनकारका अलावा परिषदका कर्मचारीहरुको समेत हस्ताक्षर रहेको छ ।
बक्सिङ महासंघको विवादका बिषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, युवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र राखेपमा समेत दर्जनौं उजुरीहरु दर्ता भएका छन् ।
उजुरीमा महासंघका अध्यक्ष र उपाध्यक्ष रहेका अवाले दाजुभाइ मिलेर महासंघ कब्जा गरेको, १२ बर्षसम्म नेतृत्व कब्जा गरेर बसेको, बक्सिङको हितमा आएको अनुदान चरम दुरुपयोग गरेको, प्रत्येक बर्षमा महासंघको ब्यानरमा राष्ट्रिय प्रतियोगिता अनिवार्य रुपमा गर्नुपर्नेमा अरुले गरेको प्रतियोगितालाई महासंघले गरेको भनी प्रगति विबरण राखेपमा पेश गरेको, खेलाडी बिदेश पठाउँदा चरम आर्थिक दोहन गरेको, राखेपका कर्मचारीहरुलाई प्रभावमा पारी महासंघ नियम बिपरीत संचालन गरेको लगायतका दर्जनौं आरोप लगाइएको छ । तर ती आरोपका बारेमा छानबिन नै नगरी कारबाही गर्नुपर्ने अवाले दाजुभाइलाई चोख्याउँदै उनीहरुलाई महासंघ सुम्पिने काम भएको छ ।
विवाद मिलाउने, छानबिन गर्न अग्रसर हुनुपर्ने राखेपका पदाधिकारी नै प्रधानमन्त्री वालेन्द्र साहका मुख्य सल्लाहकार कुमार बेनका दाजु सिद्धीका अगाडि निरीह देखिए । स्रोतका अनुसार छलफल राखिएका दिन उपस्थित नै नभएका महासंघका महासचिव रामप्रसाद भण्डारी र सचिव पुस्करराज पन्तलाई सिद्धीले दबाब दिन लगाएर २ दिनपछि हस्ताक्षर गर्न लगाइएको स्रोतको दाबी छ । सिद्धी बेनले धम्कीपूर्ण दबाब दिएपछि उनीहरुले हस्ताक्षर गरेको स्रोतको दाबी छ ।
आगामी दिनमा महासंघको नेतृत्व सिद्धी आफैंले गर्नेगरी हाल अवाले दाजुभाइलाई राखेर सहमति गरिएको स्रोतको दाबी छ । बक्सिङ राखेप अन्तर्गतको प्रभावशाली महासंघ हो ।
युवा तथा खेलकुद मन्त्री पोखरेलका सल्लाहकारको रुपमा नियुक्ति पाएको खुलासा भइसकेका सिद्धी बेनले भने आफूले हस्ताक्षर गरेकोबारेमा खेलकुद मन्त्रालयमा गएर बुझ्न आग्रह गरे । तर हस्ताक्षर कुन हैसियतले गर्नुभयो भनी सोधिएको जिज्ञासामा उनले त्यसमा पनि आफ्नोबारेमा मन्त्रालयमा बुझ्न आग्रह गर्दै हस्ताक्षर गरेको कुरा घुमाउरो ढंगले स्वीकार गरेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend