Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बंगलादेश प्रस्थान गरिन् राष्ट्रपति भण्डारी


    सोमबार, चैत्र ९ २०७७
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश प्रस्थान गरेकी छन्।

    आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशतर्फ प्रस्थान गरेकी हुन् । 

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी ८ः३० बजे राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गरेकी हुन्। 

    उनी दुई दिने राजकीय भ्रमणका लागि गएकी हुन्।

    राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा एमालेका नेता सुवास नेम्वाङलगायत पुगेका थिए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार