काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल यही बैशाख १८ गतेबाट अवकाशमा जाँदैछन् । अर्यालको अवकाशपछि बरिष्ठताका आधारमा एआईजी नारायणदत्त पौडेल सशस्त्रको महानिरीक्षक(आईजीपी) का दाबेदार हुन् ।
दोस्रो वरियताका एआईजी बंशी दाहाल पनि आईजीपी हुने दौडमा शक्तिकेन्द्र धाइरहेका छन् । आईजीपी हुने महत्वकांक्षा राखेका दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि उनका ससुरा झलकबहादुर काफ्लेलाई भेट्न २ पटक पुगिसकेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार सशस्त्र प्रहरीका बाहिनी र गणहरुको निरीक्षणका क्रममा मधेश प्रदेश हुँदै उनी कोशी प्रदेशमा जाने क्रममा मोरङको उर्लाबारीमा रहेको वालेन्द्रका ससुरालाई भेट्न पुगेका थिए ।
प्रधानमन्त्री शाहको ससुराली उर्लाबारी हो । उनका ससुरा झलकबहादुर काफ्ले सशस्त्र प्रहरी बलका अवकाशप्राप्त डीएसपी हुन् । उनी नेपाल प्रहरीमा सेवा प्रवेश गरी सशस्त्र प्रहरी गठनपछि एक तह बढुवा हुँदै सशस्त्रमा गएका थिए ।
आईजीपीको प्रतिस्पर्धामा पहिलो वरियतामा रहेका एआईजी पौडेल दाहालभन्दा ५ महिना १३ दिन पहिले बढुवा भएका हुन् । उनलाई गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकाले आइजीपी हुने मौका आउने दाहालको झिनो आशा रहेकाले उनी लागिपरेको चर्चा छ । तर कार्की आयोगले नेपाल प्रहरीका दानबहादुर कार्कीलाई कारबाहीको सिफारिस गरेतापनि उनी आईजीपी भएकाले पौडेललाई यहीमात्र बहानामा आईजीपीबाट रोक्न सक्ने देखिंदैन ।
यद्यपि प्रधानमन्त्री शाहले ससुराली वा आफन्तको सिफारिस भन्दा पनि ऐन कानुन अनुसार नै निर्णय गर्ने भएकाले उनको प्रयास सार्थक हुने संभावना क्षीण रहेको स्रोत बताउँछ ।
केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा २०७५ जेठमा सशस्त्रमा एआईजीका दरबन्दी कटौती गरी २ वटामात्र बनाएका थिए भने नेपाल प्रहरीमा ३ जना कायम गरिएको थियो । तर २०७८ असार २८ मा परमादेशबाट गठन भएको शेरबहादुर देउवा नेतृत्त्वको सरकारका पालामा एआईजीको १ दरबन्दी थप गराई दाहाल बढुवा भएका थिए ।
२१ भदौ, २०७९ को मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरीमा एउटा एआईजी थप गरी असोज, २०७९ मा उनी बढुवा भएका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणालाई खुसी पारी दरबन्दी थप गराएको आरोप पनि दाहालमाथि लागेको थियो ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend