सर्लाही । सर्लाहीका विभिन्न सीमा नाकाबाट भारततर्फ तस्करी गरी पठाइएको चिनियाँ सामान भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । सखुअवा र संग्रामपुर नाका प्रयोग गरी भारत पुर्याइएको चिनियाँ लसुन र काँक्रोको बियाँ भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोलीले बरामद गरेको हो ।
शुक्रबार भारतको सीतामढी जिल्लाअन्तर्गत लालबन्दी नाकामा खटिएको एसएसबी टोलीले दुई वटा महिन्द्रा बोलेरो पिकअपबाट ठूलो परिमाणमा सामान बरामद गरेको जनाएको छ । बरामद गरिएको चिनियाँ लसुन ६७ पोका अर्थात् करिब १ हजार २०६ किलोग्राम रहेको छ भने काँक्रोको बियाँ(बिउ) ३ हजार ७२४ किलोग्राम फेलापरेको छ ।
तस्करीमा संलग्न दुई जना व्यक्ति र गाडीसमेत नियन्त्रणमा लिई थप कारबाहीका लागि सोनबरसा भन्सार कार्यालय, सीतामढीमा बुझाइएको भारतीय पक्षले जनाएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुखसँग सम्बन्धित घुमुवाको अडियो सार्वजनिक भइरहेका बेला बाहिर आएको यस घटनाले सर्लाही नाका हुँदै हुने तस्करी अझै सक्रिय रहेको संकेत गरेको छ ।

यसैबीच, जिल्लामा तस्करी नियन्त्रणका लागि कडाइ गरिएको दाबी भइरहेका बेला प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको गम्भीर आरोप पनि सार्वजनिक भएको छ । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट ‘क्राइम टोली’ का नाममा खटिएका प्रहरी जवान अजय सहनी र प्रहरी हवल्दार धर्मेन्द्र पटेल तस्करी सेटिङमा सक्रिय रहेको बताइएको छ ।
स्रोतले दिएको जानकारीअनुसार जिल्लाको पूर्वी नाकामा केही कमी देखिए पनि पश्चिमी क्षेत्रका बहादुरपुर, अर्नाहा, मधुवनी, बलरा लगायतका नाकाबाट अहिले पनि खुलेआम तस्करी भइरहेको दाबी गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा अवैध ओसारपसार भइरहेको आरोप स्थानीय स्रोतले लगाएको छ ।
ठूलो परिमाणमा तस्करीको सामान भारतमै बरामद हुनु र यससँगै प्रहरी संलग्नताको आरोप बाहिरिनुले सर्लाही जिल्लामा तस्करी नियन्त्रणप्रति गम्भीर प्रश्न उठाएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend