काठमाडौं । सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले नेतृत्वमा भएका नाताले सबैलाई एकताबद्ध बनाएर लानुपर्नेमा बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहलाई पेल्ने नीति अवलम्बन गरेपछि पार्टी विभाजनको दिशामा उन्मुख छ ।
ओली प्रधामन्त्री र पार्टी अध्यक्ष भएका नाताले उनले नै एकताको लागि फराकिलो हृदय बनाउनुपर्ने हो । सर्वोच्चको फैसलाले माधवकुमार नेपालहरु त पराजीत मानसिकता लिएरै एमालेमा रहेका हुन् ।
सबैलाई समेट्ने जिम्मेवारी त अध्यक्षकै हो । तर अध्यक्ष ओलीमा त्यो फराकिलोपन देखिएन । उनले फागुन २८ मा प्रधानमन्त्रीको सरकारी निवासमा गुटको भेला बोलाएर त्यसैलाई केन्द्रीय कमिटीको बैठक भनी केन्द्रीय सदस्य मनोनीत गर्नेदेखि नेताहरुको जिम्मेवारी खोस्ने काम गरे । जसका कारण नेपाल–खनाल समूह समानान्तर भेला गर्न बाध्य भएको छ । बिरालालाई थुनेजस्तो ब्यवहार ओलीले देखाएपछि एमाले विभाजनको संघारमा छ । ओलीले सांसद पदबाट कारबाही गरे पनि माधव नेपालहरु उनीसँग नझुक्ने तहमा पुगिसकेका छन् ।
माधव नेपाल र झलनाथसहितका नेताहरुलाई ढोका थुनेर ओलीले एमाले छाडेर जान बाध्य बनाउँदैछन् । पार्टी स्पष्टरुपमा दुई कित्तामा विभाजन हुँदा कतिपय नेता कार्यकर्ताको घरपरिवार पनि फुटेको छ । श्रीमान–श्रीमती मध्ये एकजना ओलीतिर त अर्को माधव नेपालतिर लागेका छन् । पार्टी विभाजित हुँदा श्रीमान–श्रीमती नै अलग अलग पार्टीमा हुने अवस्था आएको छ ।
एमालेको उपाध्यक्ष भए पनि एकता अभियानको अध्यक्ष भएका वामदेव गौतमकी श्रीमती तुलसा थापा ओलीतिर खुलेकी छन् । उनी ओली समूहले बोलाएको संसदीय दलको बिहीबारको बैठकमा पनि सहभागी थिइन् । शनिबारको बैठकमा पनि सहभागी भइन् । वामदेव गौतम पनि शनिबारको संसदीय दलको बैठकमा चाहिँ गएका छन् । यद्यपि उनी ओलीले फागुन २८ गते गरेको निर्णयको बिरोधमा छन् । उनले ओलीले एमाले पनि सक्न लागेको भन्दै सार्वजनिक अभिब्यक्ति दिन पनि छाडेका छैनन् ।
दावा लामा ओलीको मन्त्रिपरिषदमा युवा तथा खेलकुद मन्त्री छन् । तर उनकी श्रीमती कुमारी मोक्तान माओवादी केन्द्रमै छिन् । सर्वोच्च अदालतको फागुन २३ को फैसलाअघि नेकपा हुँदा पनि उनी ओली प्रचण्ड–माधव समूहमै थिइन् । श्रीमान संघीय सरकारमा मन्त्री भए पनि उनी आफ्नो अडानबाट बिचलित हुन नसक्ने भन्दै नेकपा एक हुँदा पनि ओली समूहमा आउन इन्कार गर्दै अडिग रहेकी थिइन् । फागुन २३ को फैसलाले एमाले–माओवादी केन्द्र ब्यूँतिएपछि त कानुनी रुपमै उनी एमालेमा आउन सक्ने अवस्था समाप्त भएको छ ।
त्यसैगरी, बागमती प्रदेशसभाका सांसद बसन्त मानन्धर नेपाल–खनाल समूहका नेता हुन् । तर उनकी श्रीमती इन्दिरा पन्त ओली समूहमा लागेकी छन् । वामदेव पत्नी तुलसासँग निकट पन्त श्रीमान लागेको गुटमा नलागी ओली समूहतिरै सक्रिय छन् । पन्त माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित भए पनि तुलसा थापासँग ओली समूहमा पनि सक्रिय रहेकी छन् ।
आफ्नो लेखनीमार्फत् ओलीको आलोचना गर्ने झलक सुवेदीको परिवारमा पनि फुट आएको छ । उनकी श्रीमती लक्ष्मी कार्की राष्ट्रपति विद्या भण्डारीको सल्लाहकार भएकाले उनी ओली समूहमा छिन् भने सुवेदी माधव नेपाल समूहमा छन् । सुवेदी विशेषतः घनश्याम भूसालहरुसँग निकट छन् । लक्ष्मी कार्की २०४६ को जनआन्दोलनको चर्चित नाम हो । त्यसपछि गुमनाम भएकी उनलाई राष्ट्रपति भण्डारीले १ बर्षअघि सल्लाहकारको जिम्मेवारी दिएकी छन् ।
ओली समूहले रामेछाप जिल्लाको सचिव बनाएका पुरुषोत्तम कडरिया र उनकी श्रीमती ज्योति शर्मा पनि फरक फरक समूहमा छन् । लामो समयदेखि नेपाल–खनाल समूहमा लागेका कडरियाले जिल्ला सचिव पाउने भएपछि कित्ता परिवर्तन गरेका थिए । तर श्रीमानले कित्ता परिवर्तन गर्दैमा आफुले गरेको नसम्झनू भन्दै ज्योति शर्माले सामाजिक संजालमा आफू नेपाल–खनाल समूहमै रहेको उल्लेख गरेकी छन । शर्मा अखिलको राजनीतिबाटै आएकी हुन् ।
ओली समूहले ११ सय केन्द्रीय सदस्य बनाउँदा मनोनीत भएकी कमला बोहरा र उनका श्रीमान कमल बस्नेत पनि अलग अलग समूहमा लागेका छन् । बोहरा ओली समूहमा छिन् भने बस्नेत वामदेव गौतमको एकता अभियानमा छन् । बोहरालाई ओलीले कन्चनपुरको भूमि आयोगको अध्यक्षको नियुक्ति पनि दिएका छन् ।
त्यसैगरी, एमालेका तर्फबाट पाँचखाल नगरपालिकाको उपमेयर पदमा उम्मेदवार भएकी पूर्वअखिलकी नेतृ भक्तकुमारी लामा माधव नेपालको समूहमा सक्रिय छन् । उनका पति पत्रकार सन्दीप राई ओली समूहमा क्रियाशील छन् । पाँचथरका राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङका प्रेस सल्लाहकार हुन् ।
त्यसैगरी, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदीको परिवारमा पनि बिभाजन आएको छ । श्रीमान सुवेदी नेपाल–खनाल समूहमा छन् । उनी वामदेव गौतमको एकता अभियानको सचिवालयमा छन् । सुवेदीकी श्रीमती सतिदेवी उप्रेती ओली समूहमा खुलेकी छन् । उनलाई ओली समूहले बारा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष बनाएको छ ।
युवासंघकी उपाध्यक्ष क्रान्ति बुर्लाकोटी र उनका पति डा.सन्तोष पौडेल पनि फरक फरक गुटमा लागेका छन् । ओली गुटमा लाग्ने सर्तमा तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उनलाई राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसु बनाएको चर्चा एमालेबृत्तमा छ । सन्तोष पौडेलका पिता कास्कीका पूर्व जिविस सभापति पुण्य पौडेल पनि ओली समूहमा लागेका छन् ।
रौतहटका देवराज न्यौपाने र आरती भण्डारीको परिवारमा पनि फुट आएको छ । तनहुँकी आरतीले माधव नेपालसँग निकट न्यौपानेसँग विवाह गरेकी थिइन् । तनहुँमा किरण गुरुङको गुटमा आवद्ध उनले केही दिनअघि सामाजिक संजालमा लामो स्टाटस लेख्दै ओली समूहलाई समर्थन गरेकी थिइन् ।
त्यसैगरी एमाले स्थायी समिति सदस्य बेदुराम भुसालका दाजु एमाले अर्घाखाँचीका पूर्व पार्टी सचिव पिताम्बर भूसाल माधव नेपाल समूहमा छन् भने उनकी पत्नी प्रदेश सभासद जाल्पा भूसाल ओली समूहमा सक्रिय छिन् । पिताम्बर भूसाल भूमिकास्थान नगरपालिकामा एमालेका तर्फबाट मेयरका प्रत्यासी थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend