Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेता सिंह


    आइतबार, चैत्र ८ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । 

    आइतबार एमाले र माओवादी–केन्द्र छाडेर आएका कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै प्रधानमन्त्रीले राजनीतिक मूल्यमान्यताको ख्याल गरेरै भए पनि राजीनामा दिनुपर्ने बताएका हुन् । 

    माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सिंहले बताएका छन् । 

    कम्युनिस्ट सरकारले पाँच वर्षसम्म दिएको म्यान्डेट पूरा गर्न नसकेको भन्दै उनले अब बाँकी समयमा थप राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउन सबै दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    सरकारले राजनीतिमा देखाउनुपर्ने, दर्साउन सक्नुपर्ने कुरा प्रधानमन्त्रीले राजीनामा दिएर गर्नुपर्नेमा नगरेको र माओवादी केन्द्रले अहिलेसम्म समर्थन फिर्ता लिन नसकेको उनले बताए ।

    प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकतासमेत नदेखाएको सिंहको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार