Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुनःस्थापित संसद मसानघाट जस्तै हुँदा ओली प्रवित्ति झन्झन् उद्दण्ड बन्दै गएको खगेन्द्र संग्रौलाको ट्वीट


    आइतबार, चैत्र ८ २०७७
    1.5K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सामाजिक सञ्जालमार्फत् देशको राजनीति र राजनैतिक दलका नेताहरुमाथि कटाक्ष प्रहार गर्ने व्यक्ति हुन् -लेखक खगेन्द्र संग्रौला। 

    पछिल्लो समय देशको राजनीतिक अवस्था र दलका नेताहरुको गतिविधिलाई नजिकबाट नियाली रहेका लेखक संग्रौलाले वर्तमान अवस्थालाई लिएर टिप्पणी गरेका छन्। 

    ट्वीटरमा ट्वीट गर्दै उनले पुनर्स्थापनापछिको संसद मृतकलाई श्रध्दाञ्जली दिने मसानघाट जस्तै भएको उल्लेख गरेका छन्। 

    यस्तै, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई इंकित गर्दै प्रधानमन्त्रीको लागि हात नलम्क्याउने तर आइपरे नछोड्ने, माओवादी केन्द्रको हालतलाई भ्यागुतोको धार्नीको संज्ञा दिएका छन्। 

    लेखक संग्रौलाले जनता सामाजवादी पार्टी जसपालाई हावाको संज्ञा दिँदै दुई मुख दुई जिब्रा भएको बताए । एमालेका असन्तुष्ट पक्ष माधव नेपाल पक्षलाइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई धोपखालीमा व्यस्त रहेको बताउँदै अन्तिममा आउने नतिजालाई भस्मासुरे ! ओली प्रवित्ति झन्झन् उद्दण्ड बन्दै गएको उनको भनाइ छ। 

     

    Capture.JPG

      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार