चितवन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनता देशको मालिक भएको बताएका छन् । कांग्रेस केन्द्रीय तरुण विभागले स्व. गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसको अवसरमा चितवनको रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै देउवाले देशको मालिक जनता भएको र जनताको सेवा गरे चुनाव सजिलै जितिने बताए ।
देउवाले भने, ‘जनता देशको मालिक हो, त्यसैले सार्वभौमसत्ता सम्पन्न भनिएको हो । जनताले भोट नदिएकाले हामीले हार्यौं त्यसकारण आजको दिनमा हामीले जनताले भोट दिने कार्यक्रम गर्नुपर्छ । जनता मालिक हुन्, जनता कसैको नोकर होइनन् । जसले जनताको सेवा गर्यो त्यसले चुनाव जित्ने हो ।’
उनले आफ्ना नेता तथा कार्यकर्तालाई चुनाव जित्न जनताको सुख–दुःखमा साथ दिन निर्देशन दिए । भाषणको भरमा जनताले भोट नहाल्ने भन्दै देउवाले भने– ‘जनताको घर–घरमा जानुहोस्, सुख–दुःखमा साथ दिनुहोस्, जनताका लागि काम गर्नुहोस्, कम्तीमा पनि वर्षको तीनपटक जनताको घरमा पुग्नुभयो भने मलाई विश्वास छ जनताले भोट अवश्य दिनेछन् ।’
दुई वर्षपछि हुने चुनावको तयारीमा लाग्नसमेत उनले नेता तथा कार्यकर्तालाई भनेका छन् । आपसी मतभेद छाडेर अगाडि बढियो भने कांग्रेसलाई बहुमत ल्याउन कसैले नरोक्ने देउवाको भनाइ छ । (नयाँपत्रिका दैनिकबाट)
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend