Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली पक्षले माधव नेपालसहित पाँच नेतासँग स्पष्टीकरण सोध्ने


    शनिबार, चैत्र ७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा  एमाले केन्द्रीय समिति वैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

     आज शनिबार बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    साथै, बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई प्रत्यायोजन गरिएको छ । यसैगरी, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ ।

    नेकपाभित्र विवाद चुलीमा पुग्दै गर्दा आज केन्द्रीय कमिटी बैठक डाकिएको हो । तर, नेपाल खनाल समूहले बैठक बहिष्कार गरेको छ । आज संसदीय दलको बैठकमा पनि नेपाल खनाल समूहका तीन सांसद मात्र पुगेका थिए । बामदेव गौतम तटस्थ भूमिकामा छन् । उनी पनि बैठकमा पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार