Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमाले संसदीय दलबाट दलको बिधान पारित, आजै केन्द्रीय समितिबाट अनुमोदन गर्ने


    शनिबार, चैत्र ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले संसदीय दलको शनिबार बिहान बसेको बैठकले दलको विधान २०७७ पारित गरेको छ । दलको बैठकले संसदीय दलको विधान संशोधन सहित पारित गरेको जनाएको छ । बिधान संशोधनका लागि संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईको संयोजकत्वमा कार्यदल बनेको थियो । 

    आजबाट नेकपा एमाले संसदीय दलको विधान २०७७ पारित भएको जानकारी प्रमुख सचेतक भट्टराईले बैठकपछि पत्रकारहरुलाई जानकारी गराएका थिए । उक्त विधान शनिबार नै बालुवाटारमा बस्ने एमाले केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने भएको छ । 

    त्यस्तै संशोधित विधानमा दलको संसदीय बोर्ड २७ सदस्यीय रहेकोमा अव २९ सदस्यीय बनाइएको छ । दलको उपनेता दलको नेताले नै मनोनयन गर्ने व्यवस्था विधानमा गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार