Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सम्धीको खुसामदपछि कृष्णभक्त पोखरेल ओलीपथमा 


    शनिबार, चैत्र ७ २०७७
    2.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कृष्णभक्त पोखरेल र रामप्रसाद भण्डारी

    काठमाडौं ।  माधव नेपाल पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल बालुवाटारको ससदीय दलको बैठकमा सहभागी भएका छन् । माधव नेपाल पक्षका एक एक सांसद वा केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा तानेर उक्त समूहलाई गलाउने रणनीति प्रधानमन्त्री ओलीले अंगिकार गरेका छन् । त्यही नीति अन्तर्गत ओलीले माधव नेपाल पक्षका एक एक सांसदसँग कुरा सुरु गरेका छन् ।

    नेपाल–खनाल पक्षका सांसदहरुलाई साम दान दण्ड भेद सबै उपाय अपनाउँदै आफ्नो पक्षमा तान्ने ओली रणनीति छ । त्यही रणनीति अन्तर्गत पोखरेललाई तान्न ओली सफल भएका छन् । पोखरेललाई ओली समूहमा पुर्याउन उनका सम्धी रामप्रसाद भण्डारीको पनि भूमिका रहेको स्रोत बताउँछ । भण्डारीलाई निर्वाचन आयोगमा ओलीले नै अयाुक्त नियुक्त गरेका हुन् ।

    यसअघि माधव नेपाल पक्षबाट २ पटक मन्त्री भएका लालबाबु पण्डित पनि ओलीको खेमामा पुगिसकेका छन् । माधव नेपाल समूहकै शेरबहादुर तामाङले पनि माधव नेपाल समूहलाई छाडेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार