Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सांसद कृष्णभक्त पोखरेलले माधव नेपाल पक्षलाई छाडे


    शनिबार, चैत्र ७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  माधव नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेल आज बालुवाटारको संसदीय दलको बैठकमा सहभागी भएका छन् । चितवन २ नम्बरबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद पोखरेल माधव नेपाल पक्षका प्रभावशाली सांसद हुन् । उनी सुरेन्द्र पाण्डे निकट मानिन्छन् ।

    ओली पक्षले माधव नेपाल पक्षका एक एक सांसद र केन्द्रीय सदस्य चोर्ने रणनीति अंगिकार गरेको छ । त्यही नीति अन्तर्गत आज पोखरेल बालुवाटारको संसदीय दलको बैठकमा सहभागी भएका छन् । पोखरेल संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति पनि हुन् । 

    यसअघि शेरबहादुर तामाङ ओली पक्षमा गइसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार