काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
सरकारले कर्मचारीलाई शनिबार र आइतबार गरि दुई दिन बिदा दिए पनि बिरामीको चाप र स्वास्थ्य सेवाको संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रालयले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न सातै प्रदेशका अस्पतालहरुलाई निर्देशन दिएको हो ।
सरकारले सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै सरकारी अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेका थिए । तर, टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरू आइतबार अस्पताल पुगेर रित्तो हात फर्किनुपर्ने अवस्था सिर्जना भयो । जनस्तरबाट चर्को आलोचना भएपछि मन्त्रालयले बीचको बाटो रोजेको हो ।
मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कामको भार र उपलब्ध जनशक्तिको व्यवस्थापन गरेर आइतबार पनि अनिवार्य रूपमा ओपीडी सेवा उपलब्ध गराउनू ।’
मन्त्रालयले अस्पताल प्रशासनहरूलाई केही विकल्प समेत दिएको छ, जसमा आइतबार ड्युटी गर्ने कर्मचारी वा चिकित्सकलाई शनिबार बाहेक साताको अन्य कुनै दिन सट्टा बिदा दिने गरी व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।
बिरामीको चापलाई मध्यनजर गर्दै सिफ्ट अनुसार चिकित्सक र स्वास्थ्यकर्मी खटाउन मन्त्रालयले निर्देशन नै दिएको छ ।

काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend