Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल–खनाल पक्षको स्थायी कमिटी वैठक बानेश्वरमा शुरु


    शुक्रबार, चैत्र ६ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता  नेपाल र खनाल पक्षको स्थायी समिति बैठक बानेश्वरमा शुरु भएको छ ।

    आज साँझ साढे ५ बजेबाट बानेश्वरस्थित अर्याल होटलमा नेपाल–खनाल पक्षको स्थायी कमिटी बसिरहेको छ । बैठकमा राष्ट्रिय कार्यकर्ता भेलाको समीक्षा, समसामयिक राजनीतिक विषय, पार्टीभित्रको विवाद आदिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
     ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय कमिटीको बैठक डाकेर, महाधिवेशनको मिति घोषण गर्ने, केन्द्रीय सदस्य थप गर्ने, पदाधिकारी बर्खास्त गर्ने लगायतका निर्णय गरेपछि एमाले विभाजनतर्फ अघि बढिरहेको छ ।

    नेपाल–खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला समेत सम्पन्न गरिसकेको छ । यस्तै आज महिला संघको भेला भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार