Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनता समाजवादी पार्टी फुटको संघारमा, ओली सरकारमा जान हतार गर्ने को को हुन् ? 


    शुक्रबार, चैत्र ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाई बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा प्रतिनिधिसभा बिघटन गरेपछि नेपालमा पार्टी विभाजनको शृंखला सुरु भएको छ । प्रतिनिधिसभा बिघटनपछि नेकपा विभाजित भयो । तर निर्वाचन आयोगले निर्णय समयमा नगरी अड्काएर राख्यो । सर्वोच्च अदालतले फागुन २३ मा नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएर एमाले–माओवादीबीच २०७५ जेठ ३ मा भएको एकता नै खारेज गरिदियो । एमाले र माओवादी केन्द्र अलग भएपछि पार्टीमा विभाजन आउने क्रम जारी छ । प्रधानमन्त्री ओलीले एमालेमा माधव नेपालसहितका बहुमत पदाधिकारीलाई पेलेरै जाने र बालुवाटारमा गोप्य बैठक राखी केन्द्रीय सदस्य थप्ने, नेताहरुको जिम्मेवारी खोस्ने गरेको बिरोधमा अर्को पक्ष समानान्तर भेला गरिरहेको छ ।

    ओलीले सरकार टिकाउन चौथो पार्टी जनता समाजवादी (जसपा) पनि फुटाउन सबै खालका अस्त्र प्रयोग गरिरहेका छन् । जसपाभित्र पूर्वराजपाको समूह ओलीको सरकारमा सहभागी हुन चाहिरहेको छ भने पूर्व समाजवादीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीको सरकारमा जानै नहुने पक्षमा छन् । यस्तो अवस्थामा पूर्वराजपा पार्टी नै विभाजन गरी सत्तामा जाने पक्षमा छ । बिहीबारबाट त पूर्वराजपाको छुट्टै बैठक बस्न थालेको छ । यसले जसपा पनि बिभाजनकै दिशामा उन्मुख देखिएको छ ।

    पूर्वराजपाका नेताहरु बिहीबार बेलुका इन्द्रेणी फुडल्याण्डमा छुट्टै भेला गर्न पुगेपछि जसपा फुटको दिशाातिर उन्मुख भएको आशंका ब्याप्त छ । बिहीबार बस्ने भनिएको जसपाको कार्यकारिणी समितिको बैठक स्थगित भयो । बैठक स्थगित भएपछि बिहीबार साँझ पूर्व राजपाका नेताहरूले छुट्टै भेला गरेका थिए । ओलीले रेशम चौधरीको कैद मिनाहा, मुद्दा फिर्ता लिने र सबै माग पूरा गर्ने भनेकाले उनकै सरकारमा जानुपर्ने पक्षमा पूर्वराजपाका महन्थ ठाकृुर, राजेन्द्र महतोहरु छन् ।

    पूर्वराजपाका महेन्द्र राय मात्रै सरकारमा जानु नहुने पक्षमा छन् । पूर्व समाजवादीका प्रदीप यादव, इस्तियाक राईहरु पनि पार्टीमा विभाजन भएमा ओलीतिरै जाने संभावना ब्याप्त छ । ४ सांसदमा २ निलम्बनमा भएकाले ३२ सांसदमध्ये २४ जना विभाजन गरेरै ओली पक्षमा जाने र मन्त्री खाने पक्षमा पुगिसकेका छन् । ओलीले राजपा सरकारमा सहभागी भएमा उपसभामुखसहित १० मन्त्रालय दिने प्रस्ताव राखेकाले पार्टी फुटाएरै भए पनि जानुपर्ने पक्षमा जसपाका नेताहरु पुगेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार