Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा एमालेको संसदीय बोर्ड गठन, खनाल र नेपाल पनि मनोनीत !


    बिहिबार, चैत्र ५ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि एकलौटी निर्णय गरेका छन्। 

    आज ओली नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले २७ संसदीय बोर्डको गठन गरेको छ ।

    आजको बैठकले संसदीय बोर्डमा बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पनि मनोनीत भएका छन् ।

    बोर्डको प्रमुखमा दलका नेता ओली रहेका छन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् ।

    त्यस्तै, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्यमा  मनोनीत भएका छन् ।

    बोर्डका अन्य सदस्यहरुमा विशाल भट्टराई, शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेका छन्।

    यसअघि बैठकले गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने भएको थियो, बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई आह्वान गरेको समेत गरेको छ ।

    आजको बैठकमा खनाल-नेपाल पक्षका सांसदहरु भने अनुपस्थित रहेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार