Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिशोधको राजनीति सुरु भयो, अब आन्दोलनमात्रै हुन्छ : हर्क साम्पाङ


    शनिबार, चैत्र १४ २०८२
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले प्रतिशोधको राजनीति सुरु गरेको बताएका छन् । उनले पार्टीको नाम नलिई अरु पार्टीले जितेपछि प्रतिशोधको राजनीति सुरु हुने पहिल्यै भविष्यवाणी गरेको बताएका छन् ।

    शुक्रबार राति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि साम्पाङले सामाजिक संजालमा लेखेका छन्–‘श्रम संस्कृति पार्टीबाहेक अरुले जितेमा प्रतिशोधको राजनीति हुन्छ भनेर मैले ओखलढुंगाको कार्यक्रममा भनेकै थिएँ, मेरो कुरा ढिलो बुझ्छन् ।’

    उनले लेखेका छन्–मेरो कुरा ढिलो गरी बुझ्छन् !  मैले ओखल्ढुङ्गाको कार्यक्रममा भनेको थिएँ–‘अरु जस्ले जिते नि प्रतिशोधको राजनीति हुन्छ १ प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो !’ भनेर । अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार