कृष्णप्रसाद मैनाली(बायाँ) र लेखनाथ पोखरेल(दायाँ) । फाइल फोटो
काठमाडौं । निर्वाचनको मौका छोपी बीरगंज र रसुवा भन्सार कार्यालयबाट तस्करी बढेको छ । बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीको दूतका रुपमा भन्सार अधिकृत लेखनाथ पोखरेल नै तस्करी गराउँदै लाभ लिन तल्लीन भएर लागेका छन् ।
पछिल्लो समय नेपाल सरकारले भन्सारमा अनलाइन भ्यालुएसन सिस्टम लागू गरेपछि बीरगंज भन्सार कार्यालयमा विषेशतः तेस्रो मुलुकबाट आयात हुने मगजको बियाँ (Watermelon seed) मा ठूलो आर्थिक चलखेल भएको छ ।
ड्राइफुडको रुपमा प्रयोग हुने उक्त वस्तु अनलाइन प्रणाली लागू हुनुभन्दा पहिले प्रतिमेट्रिक टन १ हजार ३ सय डलर भन्दा बढी मूल्यमा पैठारी हुने गरेकोमा हाल मूल्य घटाएर कमिसन असुल्दै ९ सय डलरसम्ममा जाँचपास हुने गरेको छ ।
अफगानिस्थानबाट आयात हुने उक्त बस्तु कम मूल्यमा ठूलो परिमाणमा आयात गर्न लगाई अनलाइन प्रणालीमाथि नै छेडखानी गरी राज्यका प्रणाली फेल गराउन बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण मैनालीको मौन समर्थनमा भन्सार अधिकृत लेखनाथ पोखरेल नै सक्रिय रहेका छन् ।
प्रतिकेजी १ सेन्ट फरक पर्दा पनि ठूलो नोक्सानी हुने उच्च भन्सार भएको उक्त वस्तु ठूलो परिमाणमा आयात गर्दा न्यून बिजकीकरणमा जाँचपास गर्दा करोडौं राजस्व देशले गुमाउनुपरेको छ ।
सुशासन काय गर्नका लागि जेनजी बिद्रोहपछि गठन भएको नागरिक सरकारका पालामा झन् बढी भ्रष्टाचार हुने गरेको दृष्टान्त बीरगंज भन्सारका प्रमुख मैनालीको नेतृत्त्वमा भइरहेको यो लुटले पुष्टि गरेको छ । व्यापारी र कर्मचारीको लुटको साम्राज्य मालामाल हुने राज्यको राजस्वमा करोडौं नोकस्सानी हुँदैआएको छ ।
भन्सारका कर्मचारी पनि साना व्यापारीलाई पेल्ने साथै पहुँचयोग्य ठूला व्यापारीसँग सेटिङ गरी मालामाल हुने गरेका छन् । यसको प्रत्यक्ष असर राजस्व संकलनमा देखिएको छ । विगत ३ महिना पहिले र हालको राजस्व संकलनमा देखिएको ठूलो गिरावटको तथ्यांकले देखाउँछ कि नागरिक सरकार बनेपछि सुशासन छ कि झन् भ्रष्टाचार बढेको छ भन्ने कुरा ।
यस्तै बीरगंज भन्सार कार्यालयको ड्राईपोर्टमा कोभिड महामारीको क्रममा तस्करी गरी ल्याइएका करिव २ सय कन्टेनर बेवारिसे भनिएका मालवस्तुमध्ये फिड सप्लिमेन्ट भनी घोषणा गरिएका १४ कन्टेनर खोल्दा प्रतिवन्धित सुपारी भेटिएका कारण बाँकी कन्टेनरमा पनि सुपारी नै रहेको अनुमान गरिएको छ । नष्ट गर्ने गरी क्वारेन्टाइनले सिफारिस गरेको उक्त बस्तुको फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीयतहको भए पनि सेटिङमा पठाउन नगरपालिकालाई दिइएको छैन । अझ गम्भीर प्रश्न के छ भने बेवारिसे भनिएका ती कन्टेनर भन्सार परिसरमै छन् वा सेटिङमा कतै हिंडिसके अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सम्बन्धित निकायले गहन छानबिन गर्नुपर्ने देखिन्छ । यद्यपि अख्तियारले सुपारीको बिषय नोटिसमा लिइसकेको स्रोत बताउँछ ।
किनकि सेटिङमा माहिर टिम अहिले बीरगंज भन्सारमा सक्रिय छ । स्रोत भन्छ–निर्वाचनको संघारमा यो पनि सेटिङमा ननिस्केला भन्न सकिँदैन । प्रतिकेजी १ सय रुपैयाँ भन्सार र १ सय रुपैयाँ अन्तशुल्क र १३ प्रतिशत भ्याट लाग्ने सुपारी तस्करी नेपालको भन्सार प्रशासनमा नौलो विषय होइन ।
बीरगंज भन्सार कार्यालयका भन्सार अधिकृत लेखनाथ पोखरेल बीरगंज भन्सारमा हाकिमका विश्वासपात्र हुन् । प्रमुख भन्सार प्रशासक मैनालीले बीरगंज भन्सारको सबै सेटिङ मिलाउने जिम्मा भन्सार अधिकृत पोखरेललाई दिएका छन् ।
को हुन् मैनाली र पोखरेल : यस्तो छ ट्रयाकरेकर्ड
पोखरेल रसुवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बस्दा पनि उत्तिकै चलखेल गर्ने भन्सार अधिकृतमा पर्दछन् । विमानस्थल भन्सारको प्रमुख टोकराज पाण्डे हुँदा भन्सार अधिकृतद्वय पोखरेल र राजकुमार महत मिलेर मूल्यांकनमा हेराफेरी गरी अकूत लाभ लिएको आरोप लागेको थियो । टोकराजका विश्वासपात्रका रुपमा सेटिङमा सिपालु तिनै पोखरेल बीरगंजमा सरुवा भएपछि मैनालीका विश्वासपात्र भएका छन् । जेनजीको सरकार अगाडि मैनाली सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको महानिर्देशक भएका थिए ।
जेनजी आन्दोलनअघिको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले सहसचिव उदयबहादुर रानालाई सम्पत्ति शुद्धीकरण बिभागको महानिर्देशक बनाउनकै लागि भदौको सुरुमा बागमती प्रदेशबाट सरुवा गरी प्रधानमन्त्री कार्यालयमा ल्याएका थिए । तर बिचौलिया दीपक भट्टले ओलीलाई भनेर रानालाई रोकी आफ्नो सेटिङका मैनालीलाई सम्पत्ति शुद्धीकरणको महानिर्देशक बनाएका थिए । जेनजीपछि गजेन्द्र ठाकुरलाई सम्पत्ति शुद्धीकरणको डीजी बनाइयो ।
अर्थमन्त्री रामेश्वर खनालको प्रयासमा सम्पत्ति शुद्धीकरण बिभाग अर्थ मन्त्रालयमातहत ल्याएपछि मैनाली अर्थकै कर्मचारी भए । बिचौलियाहरुले सेटिङमा उनलाई झन् आकर्षक मानिने बीरगंजको प्रमुख भन्सार प्रशासकमा सरुवा गरे । बीरगंज भन्सारमा गएपछि उनले लेखनाथ पोखरेलमार्फत् ब्यापारीसँग सेटिङ गरी राजस्व मार्ने र आफू अकूत कमाउने अभियानलाई तीव्रता दिएका छन् । चुनावको मौका छोपेर उनीहरुले भन्सारमा लुट नै मच्चाएको आरोप छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend