काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई अनुरोध गर्दै अन्तिम सूचना जारी गरेको छ ।
मन्त्रालयले गृह मन्त्रालयको पत्र तथा समन्वय समितिको बैठकको निर्णयअनुसार जेनजी आन्दोलनका घाइतेहरूको सूचीकरण, वर्गीकरण तथा पुनःवर्गीकरण सम्बन्धी कार्य भइरहेको जनाएको छ । उक्त कार्यलाई समयमै टुङ्गो लगाउन आवश्यक विवरण संकलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले लामो समयसम्म पनि सबै विवरण प्राप्त नभएकाले मन्त्रालयले फागुन १ गतेदेखि १५ गतेसम्म १५ दिनको म्याद दिँदै अन्तिम सूचना प्रकाशन गरेको हो । सो अवधिभित्र विधिपूर्वक प्राप्त भएका निवेदन तथा विवरणको आधारमा घाइतेहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको छ ।
मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भई उपचार गरिएका सबै व्यक्तिहरूको विवरण सम्बन्धित स्वास्थ्य संस्थाहरूले मन्त्रालयको इमेल ठेगानामा फागुन १५ गतेभित्र पठाउन आग्रह गरेको छ ।
तोकिएको समयसीमाभित्र विवरण नपठाइएमा प्रक्रिया प्रभावित हुन सक्ने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend