काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की संस्थापक नेतृ खेमकुमारी भूर्तेल(उर्मिला)ले पार्टी परित्याग गरेकी छन् । २०७९ सालको प्रत्यक्षतर्फ महिला ११ जना उम्मेदवारमध्ये मधेश प्रदेशको एक्लो महिला उम्मेदवार रहेकी थिइन् उर्मिला । उनी २०७९ मा महोत्तरी १ मा रास्वपाको उम्मेदवार थिइन् ।
पार्टी विधि विधानविपरीत चाप्लुसीवाद र आर्थिकवादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाइ नारामा मात्र सीमित राखेको भन्दै उनले पार्टी परित्याग गरेको प्रष्ट पारेकी छन् ।
रास्वपामा दिनरात खटिएका क्षमतवान नेता–कार्यकर्ताहरुको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधानविपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोले पार्टी परित्याग गरेको उर्मिलाले प्रष्ट पारेको छ ।
उर्मिलाले बुधबार रास्वपाबाट राजीनामा दिंदै पार्टी छाड्नुको कारणबारे सामाजिक संजालमा लेखेकी छन्–‘म रास्वपाको संस्थापक सदस्य, २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेश प्रदेशको एक्लो महिला उम्मेदवार आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्याउँदै आएकी छु ।
“राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ । तर पार्टी विधि विधानविपरीत चाप्लुसीवाद र आर्थिकवादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाइ नारामा मात्र सीमित राखेको ।
जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको, पार्टीभित्र भ्रष्टाचार बढेको र आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु ।
संगठनमा दिनरात खटिएका क्षमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधानविपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच आउने परिस्थिति बनेको छ ।
पार्टी सङ्कटमा पर्दा पार्टी बनाउन मैले गरेका योगदानहरू पार्टी पंक्ति र आम नागरिकहरूलाई पनि जानकारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेर म नागरिकहरूसँग जवाफदेहिता हुन नसक्ने कारण यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु ।
त्यसकारण आजकै मितिदेखि लागू हुनेगरी म यस पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु । यस अवधिसम्म पार्टीले दिएको अवसर र चुनौती का लागि हार्दिक आभार व्यक्त गर्दछु ।’
२०७९ को निर्वाचनमा महोत्तरी १ मा रास्वपाबाट उम्मेदवारी दिएकी उर्मिलाले दुई हजार ६४ मत पाई चौथो भएकी थिइन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend