कलैया । मकवानपुरका पहाडी क्षेत्र र त्यस आसपासका जंगलमा गाँजाखेती हुने र त्यो गाँजा बाराका बिभिन्न नाका हुँदै भारत पुग्ने गरेको छ ।
बारामा प्रहरीसँग सेटिङ नमिल्दा फाट्टफुट्ट बरामद भएपनि क्वीन्टलका क्वीन्टल गाँजा मकवानपुर हुँदै भारतको पूर्वी चम्पारण पुग्ने गरेको छ ।
मकवानपुरका पहाडी भेगबाट हेटौंडाको चौकीटोल प्रहरी चौकी, रातमाटे चेकपोष्ट हुँदै बाराको सिम्रौनगढबाट गाँजाँ भारत लाने गरिएको छ । त्यसो बाराकै रतनपुरी क्षेत्रबाट उत्पादित गाँजा समेत सिम्रौनगढ हुँदै भारत पुग्ने गरेको छ ।
सिम्रौनगढ इलाका प्रहरी कार्यालय बाराबाट विगत ४ महिनादेखि खुलेआम गाँजा भारततर्फ तस्करी हुँदैआएको छ । सबैको ध्यान चुनावमा भएको समयमा सिम्रौनगढ इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर कृष्णदेव प्रसाद साह(केडी) ले गाँजा तस्करीको सेटिङ चलाएका छन् ।
दैनिक क्वीन्टलका क्वीन्टल गाँजा सिम्रौनगढबाट भारतको पूर्वी चम्पारणतर्फ तस्करी हुने गरेको छ । इन्स्पेक्टर केडी साहले भारतको अगार्वा गाउँका गाँजा कारोबारी अजय यादव र विकास यादवसँग प्रहरी सहायक निरीक्षक(असई) भगवान यादव मार्फत् सेटिङ मिलाउने गरेको स्रोत बताउँछ ।
प्रतिकिलो ५ सय रुपैयाँमा सेटिङ मिलाएर गाँजा भारततर्फ तस्करी हुने गरेको स्रोत बताउँछ । केडी साह विगत ४ महिनादेखि सिम्रौनगढ इलाका प्रहरी कार्यालयको इन्चार्ज छन् । पूर्वआईजीपी चन्द्रकुवेर खापुङले साहलाई सिम्रौनगढ इलाका प्रहरीको इन्चार्जमा सरुवा गरेका थिए ।
सर्वेन्द्र खनाल आईजीपी हुँदा मधेश प्रदेशको घुमुवा टोलीको इन्चार्ज रहेका केडी साहले त्यहीबेलादेखि नै असई भगवानलाई आफू जहाँ सरुवा भयो, त्यहीँ लाने र घुमुवाका रुपमा खटाउने गरेका छन् ।
केडी यादवले प्रहरी जवान छोटेलाल पटेललाई पनि सिम्रौनगढमा घुमुवाका रुपमा परिचालन गरेका छन् । यसअघि सिम्रौनगढ इलाका प्रहरीमा २२ महिना सादा पोशाकको घुमुवाका रुपमा खटिएका छोटेलाल पटेल एक युवतीको मामिलामा विवादमा परेपछि कारबाहीस्वरुप निजगढ तानिएका थिए । अहिले केडी साहले उनलाई सिम्रौनगढमकै ल्याएर घुमुवाका रुपमा असुलीमा लगाएका छन् ।
सर्वेन्द्र आईजीपी हुँदा मधेश प्रदेशका ८ वटै जिल्लामा केडी साहले घुमुवाका रुपमा तस्करीदेखि गाँजाको नेटवर्कसँग सेटिङ गरेको आरोप लागेको थियो ।
पौडेलको हत्यामा कारबाही सिफारिस भएका साहलाई एकपछि अर्को महत्वपूर्ण जिम्मा
राष्ट्रिय मानवअधिकार आयोगले विप्लव नेतृत्वको नेकपा सर्लाहीका तत्कालीन जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले नियन्त्रणमा लिएर २०७६ असार ४ गते हत्या गरेको निष्कर्ष निकालेको थियो ।
आयोगको टोलीको स्थलगत अनुसन्धानबाट उनलाई नियन्त्रणमा लिएर नौ वटा गोली हानेर हत्या गरिएको किटान गर्दै प्रतिवेदनमा घटनामा प्रत्यक्ष रुपमा संलग्न तथा कमाण्डरसमेत रहेका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह, प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो । तर पौडेल हत्याका मुख्य जिम्मेवार प्रहरी निरीक्षक साहलाई नेपाल प्रहरीले एकपछि अर्को महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend