Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको संभावना


    शनिबार, माघ १७ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    जसको प्रभावले तराई भू–भागका केही स्थानहरूमा हुस्सु–कुहिरो रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ।

    तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाका भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार