Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • त्रिभुवन विश्वविद्यालयका १६ हजार बढी विद्यार्थी दीक्षित


    बिहिबार, पुष १० २०८२
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १६ हजार बढी छात्रछात्रा दीक्षित भएका छन् । त्रिपुरेश्वर रंगशालामा आयोजित ५१औं दीक्षान्त समारोहमा उनीहरुलाई दीक्षित गरिएको हो ।

    विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए ।

    त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् । जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका हुन् ।

    कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार