सरकारी जग्गा अतिक्रमण गर्नेहरुको बचाउ गर्दै स्वबासी छुट जग्गा दर्ता गरेको भन्दै मालपोत कार्यालय डिल्लीबजारले काठमाडौं जिल्ला अदालतलाई लेखेको पत्र
विष्णुप्रसाद होमागाई
काठमाडौं । ‘कुकरको पुच्छर बाह्र बर्ष ढुङ्रोमा राखे पनि बाङ्गै’ भनेजस्तो मालपोत कार्यालय अहिले पुरानै पाराले चलिरहेका छन् । उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा भनी श्रेस्ता र फिल्डबुकमा खुलाएको जग्गालाई मालपोत तथा भूमिसुधार कार्यालय डिल्लीबजारले आर्थिक प्रलोभनमा परेर स्वबासी जग्गा भन्दै जग्गाधनी प्रमाण पूर्जा दिएको खुलासा भएको छ ।
मालपोत कार्यालयलाई काठमाडौं जिल्ला अदालतको पत्र संख्या ०८२-०८३ चलानी नम्बर ०८२९०३९००९६८४ को २०८२-०५-२८ मुद्दा फाँट नम्बर ६ मुद्दा नम्बर ०७९–एम् ०००३ को पत्र अनुसार पठाइएको पत्रमा उक्त जग्गा ब्यक्तिको बनाएर मिलेमतोमा विवरण पठाइएको छ ।
धोबीखोला करिडोरमा पर्ने जग्गामा सप्तरीका लक्ष्मीनारायण देवले नक्सा पासबिनै ६ तले घर बनाएका थिए । उक्त घर उनले करिब ७ बर्षअघि बनाएका हुन् । साविक वडा नम्बर ३२ हालको २९ वडाका अध्यक्ष कुश ढकालले देवको घरलाई घुस लिएर सम्पन्नताको प्रमाणपत्र दिएको स्थानीयको आरोप छ । देवले १३ लाख रुपैयाँ दिएर सार्वजनिक जग्गामा निर्माण गरेको घरको निर्माण सम्पन्न लिएको स्रोतको दाबी छ ।

ढकाल नेपाली कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष हुन् । उक्त घर धोबीखोलाभित्रकै भएको भन्दै स्थानीय उदय देउलासमेतले काठमाडौं महानगरपालिकामा उजुरी दिएका थिए । महानगरपालिकाको न्यायिक समितिकी तत्कालीन प्रमुख तथा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको इजलासले उक्त घर सार्वजनिक जग्गा धोबीखोलामा पर्ने फैसला गरेको थियो । साथै वडा कार्यालयले उक्त घरको भाडा उठाउनू भन्ने आदेश न्यायिक समितिकी प्रमुख खड्गीले गरेकी थिइन् ।
यसको विरुद्धमा ‘भूमाफिया’ लक्ष्मीनारायण देव र उनकी श्रीमती गीता देवले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । यसरी यो जग्गाको विषयमा मालपोत कार्यालय डिल्लीबजारलाई जिल्ला अदालत काठमाडौंबाट पत्राचार हुँदा मालपोत अधिकृत द्रोण पौडेलद्वारा हस्ताक्षरित पत्रमा सुकुमाया सुबेदीको कित्ता नम्बर २२० को ६३.५८ वर्गमिटर, देवकी लामाकोे कित्ता नम्बर २२१ को ७७.५० वर्ग मिटर र ईश्वरी चपाई सापकोटाको कित्ता नम्बर २२० को ७७.५० वर्ग मिटरको क्षेत्रफलमा रहेको घर जग्गा स्वबासी भनी उल्लेख गरिएको छ ।
सुकुमाया सुवेदी र ईश्वरी चपाई सापकोटा दुबै जनाको एउटै कित्ता २२० भनी मालपोत कार्यालयका अधिकृत पौडेलले हस्ताक्षर गरेका छन् । उक्त पत्र लेखाउँदा मन्त्रालयका सचिव देखि केही राजनीतिक नेताहरुलाई भूमाफिया लक्ष्मी देवले मोटो रकम दिएर प्रयोग गरेको स्रोतले जानकारी दिएको छ । यस विषयमा मालपोत कार्यालयका सूचना अधिकारीसमेत रहेका द्रोण पौडेलसँग प्रतिक्रियाका लागि सूचना अधिकारीको नामबाट सार्वजनिक गरिएको मोबाइल नम्बर ९८५१३२५…..मा सम्पर्क गर्दा हाललाई बन्द गरिएको छ भन्ने जानकारी प्राप्त भयो ।

धोबीखोलाको उक्त स्थानमा सार्वजनिक जग्गा कब्जा गर्ने होडबाजी नै चलेको छ । काठमाडौं महानगरपालिकाका वडा नम्बर २९ का अनिलकुमार श्रेष्ठले झण्डै ७ आना सार्वजनिक जग्गा कब्जा गरी विशाल भवन बनाएका छन् । उनले पनि घर बनाउँदा नक्सा पास गरेका थिएनन् । नेपालको संविधान २०७२ ले स्थानीय निकायलाई सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकार दिएको भए पनि श्रेष्ठ चाहिँ रक्षक नै भक्षक बनेर अतिक्रमणमा उत्रिएका छन् ।
त्यसैगरी कानून व्यवसायी दिब्य घिमिरेले पनि कब्जा गरी घर बनाएका छन् । गणेशमान सिंह प्रतिष्ठानले एक रोपनी जग्गा कब्जा गरी भवन बनाएर भाडामा लगाएको छ । उनीहरुले अर्बौं रुपैयाँको सरकारी जग्गा कब्जा गरी गणेशमान सिंह जस्तो नेताको मानसम्मान धुलिसात बनाएका छन ।

कांग्रेसका स्थानीय नेताहरु कुश ढकाल, दिब्य घिमिरले र अनिल श्रेष्ठलाई कांग्रेसका नेता गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहले संरक्षण रहेको छ । मालपोत कार्यालय डिल्लीबजारको मिलेमतोमा उक्त जग्गाको स्वबासी पूर्जा बनाएपछि स्थानीय ब्यक्तिहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) लगाययतका निकायमा उजुरी हाल्ने जाने बताएका छन् ।
सरकारी र सार्वजनिक जग्गा कब्जा गर्ने रणनीतिमा अघि बढेका लक्ष्मीनारायण देवलाई डिल्लीबजार मालपोत कार्यालयका प्रमुख काजी बिष्ट र सूचना अधिकारी अधिकृत द्रोण पौडेलले दुहुनो गाई बनाएका छन् ।
आफूले मालपोत कार्यालयका कर्मचारीलाई पटक–पटक रकम दिँदा दिक्क बनेको आफूनिकटका व्यक्तिहरुलाई देवले भन्ने गरेका छन् । अनामनगरको धोबीखोला करिडोरमा पूर्व प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठदेखि मधेश प्रदेशका प्रमुख राजेश अहिराजसमेतका ब्यक्तिहरुले सार्वजनिक जग्गा कब्जा गरी करोडौंको घर बनाएर हालीमुहाली गरिरहेका छन् । अहिराज अहिले बलात्कार काण्डमा थुनामा छन् ।
त्यसैगरी नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र चाम्लिङले पनि धोबीखोला करिडोरको नाममा रहेको सार्वजनिक जग्गामा विशाल महल नै बनाएका छन् । उनको महल नजिकै स्कूलसहित रहेको पूर्वमन्त्री भद्रा घलेको भवनहरु भत्काएको महानगरपालिकाले डीएसपी चाम्लिङसँग भने मिलेमतो गरेको स्थानीयबासीहरुको गम्भीर आरोप छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend