जगत वाशिष्ठ
काठमाडौं । त्रिभुवन बिश्वविद्यालयको जग्गा अहिले नेपाली सीमाक्षेत्र जस्तै अतिक्रमणमा छ । त्रिविवि प्रशासनले न त आफ्नो साध सँधियार छुट्याएर पर्खाल लगाएको छ, न त त्यसका लागि कुनै दीर्घकालिन कार्यक्रम नै । जताततै अतिक्रमणकारीहरु घुसिरहेका छन् । तथापि कारबाही हुन सकिरहेको छैन ।
प्राध्यापक र कर्मचारीहरु नै अतिक्रमणकारीका मतियार बनेका छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोंइरालाले २०६४ साल पुस ११ गते समुद्घाटन गरेको बल्खुको यो घरले अहिले आम मानिसहरुलाई गिज्याएको छ । यहाँ त्रिविवि प्राध्यापक संघको भवन भनी समुद्घाटन गरी शिलालेखमा भँगेरे अक्षरमा लेखिए पनि झट्ट हेर्दा अहिले सार्वजनिक शौचालय जस्तो अवस्थामा देख्न सकिन्छ ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समुद्घाटन गरेको प्राध्यापक संघको भवन जीर्ण र भूतघर बन्दै
गुणस्तरीय शिक्षाका लागि भन्दा पनि प्राध्यापकहरु गैरकानूनी कार्यमा यसरी सरिक हुँदा कस्तो नैतिक चरित्रका विद्यार्थी उत्पादन हुन्छन् भन्ने गम्भीर प्रश्न उठेको छ ।

राजनीतिक पार्टीका झोला बोकेर जस्तोसुकै हर्कत गर्न पछि नपर्ने प्राध्यापकहरुमध्ये भर्खरै बिद्याबारिधीको विषयलाई लिएर चारजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ढडियामा परिसकेका छन् । प्राध्यापक संघले त्रिविविसँग जग्गा लिएर भाडामा लगाउने जस्तो गैरकानूनी काम गर्दै आएको थियो ।
उपकुलपतिमा नियुक्ति भएपछि प्रा.डा. केशरजंग बराललाई त्रिविविको जग्गा स्थानीय संघ संस्था र व्यक्तिहरुले कब्जा गरेको देखिपछि बिरक्त बनायो । त्यसपछि उनले विद्यार्थी नेताहरु, त्रिविविका प्राध्यापकहरु, स्थानीय बुद्धिजीवीहरुसँग राय सल्लाह लिएर त्रिभुवन विश्वविद्यालय (त्रिविवि) को जग्गा तथा अचल सम्पत्तिको खोजबिन समितिको प्रतिवेदन तयार गर्नका समिति बनाइयो ।
यसरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८१ जेठमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले करिब २ हजार ४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमणमा परेको निष्कर्ष निकालेको हो ।
समितिका अनुसार विश्वविद्यालय परिसर आसपास करिब १ हजार रोपनी जग्गा हराएको छ भने अन्य क्षेत्रमा झन्डै एक हजार रोपनी अतिक्रमणमा परेको थियो । समितिका संयोजकमा योग्य र इमान्दार भनेर चिनिएका पूर्वसचिव तथा बालुवाटार ललिता निवासको १ सय ९९ रोपनी जग्गा खोजबिनका संयोजक शारदाप्रसाद त्रिताल थिए । तर, उनी काम सुरु नगर्दै बिरामी परेपछि पूर्व सहसचिव महेन्द्रकुमार थापा संयोजक बनाएर छानविनको काम अघि बढाइएको थियो । पूर्वसहसचिव जानकीबल्लभ अधिकारीसहित त्रिविका विज्ञ डा. प्रेमसागर चापागाईं सदस्य थिए ।
त्रिविको जग्गा लिएर स्थानीय व्यापारी मोहनबहादुर बस्नेतले टाटा सुमोको बसपार्क सञ्चालन गरेका छन् । विश्वविद्यालयले त्रिवि प्राध्यापक संघलाई भोगचलन गर्न दिएको जग्गा प्राध्यापक संघले व्यापारीलाई भाडामा लगाएको थियो । संघले विश्वविद्यालयको पहलमा जग्गा भाडामा दिने सम्झौता रद्द गरे पनि बस्नेतले जबर्जस्ती प्रयोग गरिरहेका थिए ।
बस्नेत नेपाली कांग्रेसका कार्यकर्ता हुन् । उच्च अदालत पाटनले समेत बस्नेतले भतिजी प्रशंसाका नाममा लिएको जग्गा त्रिविलाई फिर्ता गर्न आदेश दिएको थियो । उनले त्यहाँको भाडासमेत तिरेका थिएनन् । उक्त जग्गा फिर्ता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी परिसर काठमाडौंमा समेत उजुरी परेको थियो ।
त्रिविविको जग्गा अतिक्रमणमा पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठलगायतको संलग्नता रहेको छ । प्राध्यापक संघको यो भवनका विषयमा प्राध्यापक संघ त्रिवित्रि ईकाई अध्यक्ष प्रा.डा. बसन्त ढकालसँग पटक पटकको प्रयास पश्चात सम्पर्कपछि उनले यो भवनको रामकहानीबारे भने, ‘भवन बाटोका कारण डेञ्जर जोनमा छ । सुरुमा हामीलाई दिइएको यो जग्गा पछि त्रिविविले दिएन । त्यसपछि यो अवस्था हुन पुग्यो । त्रिविविले त आइओएमलाई दिएको भन्दै हामीलाई प्रयोग गर्नसमेत दिएन । त्यसपछि हामी छाड्न बाध्य भयांै ।’
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend