Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • दुर्गा प्रसाईंको रिट न्यायाधीश सुवेदी र पौडेलको इजलासमा


    आइतबार, मंसिर ७ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ ।

    उनको रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको हो ।

    यसअघि पनि यो रिटमा सुनुवाइ हुँदा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश भएको थियो । त्यसपछि प्रहरीले उनलाई अदालतमा हाजिर गराएको थियो । प्रसाईंलाई प्रहरीले मंसिर २ गते राति निवासबाट पक्राउ गरेको थियो ।

    प्रहरीले उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । यसअघि पनि अदालतमा उपस्थित भएका प्रसाईंले आफूलाई बोलकै आधारमा पक्राउ गरिएको बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार