Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्साका नाकाबाट भारतीय माछा तस्करी, नेपाली मत्स्य ब्यवसायी मारमा


    आइतबार, मंसिर ७ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • बीरगंज । नेपाल माछामा आत्मनिर्भर हुँदै गएको छ । तर भन्सारछली तस्करी गरी भित्रिएका भारतीय माछासँग प्रतिस्पर्धा गर्न नसक्दा नेपालको माछा ब्यवसायी मारमा परेका छन् । भारतमा माछापालक कृषकलाई दानादेखि सबै कुरामा अनुदान दिने गरिएको छ ।

    अनुदान दिएकाले भारतमा उत्पादित माछा नेपालमा भन्दा सस्तो हुन्छ, त्यसमा पनि भन्सार छली गरी भित्रिएका माछा सस्तो पर्ने भएकाले नेपालको माछा ब्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको छ ।

    पर्साको सबैठवा नाकाबाट भारतीय माछा नेपालमा तस्करी हुँदैआएको छ । हप्तामा १०÷१२ पिकअप पिकअपमा लोड गरी तस्करीको माध्यमले नेपालतर्फ भित्र्याउने गरिएको छ ।
    भारतबाट आयातित माछा क्वारेनटाइन जाँच नै नभई नेपाल भित्रिरहेका छन् ।

    माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग गरी नेपालमा भित्र्याइने गरिएको छ । फर्मालिन प्रयोग गरिएको माछा उपभोग गर्दा क्यान्सर जस्तो घातक रोग लाग्नसक्ने चिकित्सकहरुले बताउँदैआएका छन । विशेष गरेर भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुन्छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झन्डै ४-५ दिन लाग्छ ।

    त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको हुन्छ । नेपाल आइसकेपछि पनि व्यापारीहरूले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् । ‘फर्मालिन’ भनिने केमिकल हालिएको माछा भारतबाट क्वारेन्टाइन परीक्षणबिना भित्रिने यस्ता माछा रासायनिक र जैविक रुपमा स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन् । तर स्वास्थ्यका लागि घातक भए पनि आफ्ना पकेट गरम गर्न प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी लोकनाथ उप्रेतीले नेपाली जनताको स्वास्थ्यमा गम्भीर असर पार्ने तिनै फर्मालिन हालिएका माछा तस्करीको लाइन दिएको आरोप छ ।

    भारतबाट ल्याइएका फर्मालिन रसायन राखिएका माछा तस्करीको माध्यमबाट रक्सौल हुँदै बीरगंजमा ल्याएर नेपालका हरेक सहरमा पुग्ने गरेको छ । भारतमा माछापालक किसानलाई सरकारले अनुदान दिएको छ । जसका कारण भारतमा माछा सस्तो छ । भारतको आन्ध्र प्रदेशबाट ३ दिनपछि नेपालमा आइपुग्छ । ३ दिनसम्म माछा ताजा राख्न घातक फर्मालिन राखिएको हुन्छ ।

    विगतमा भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा भारतीय नागरिक विपिन साह तुरहाले नेपालमा करोडौंको माछा तस्करी गरी भित्र्याउने गरेका थिए । र, ती माछा बिभिन्न सहरमा लाने गरिएको थियो ।  तुरहाले तस्करी गरी बीरगंजबाट झापामा पठाइएको अत्यधिक फर्मालिन राखेको माछा सशस्त्र प्रहरीले केही महिनाअघि बरामद गरी खाल्डो खनेर पुरिएको थियो ।

    यसैबीच, बाराका नाकाबाट पनि सियाराम कुशवाहा लगायतले भारतबाट माछा तस्करीको लाइन पाएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रहरी निरीक्षक खेम नेपालको संरक्षणमा कुशवाहाले माछा तस्करी गर्दैआएको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार