Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिए


    शनिबार, मंसिर ६ २०८२
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा ८ लाख भन्दा बढी मतदाता थपिएका छन् ।

    निर्वाचन आयोगका अनुसार मंसिर ५ गतेसम्म तोकिएको समयसीमामा ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् ।

    यसमा निर्वाचन कार्यालय पुगेर बायोमेट्रिक दिने मतदाताको संख्या ३ लाख ४४ हजार ९ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको संख्या ४ लाख ९२ हजार १८० रहेको छ ।

    मतदाता थपिएसँगै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा मतदाताको संख्या १ करोड ९० लाख ५ हजार ३ सय १४ पुगेको छ । आयोगका अनुसार पछिल्लोपटक मतदाता नामावली दर्ता खुलाउनुअघि कात्तिक १६ सम्म १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाता थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार