राष्ट्रपति पौडेल – सम्बोधन
काठमाडौँ, ५ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ती (७५औँ वार्षिकोत्सव) कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् ।
पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा आज यहाँ आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन उनले यस्तो शिक्षाले नै अहिलेको चुनौती सामना गर्न सक्नेमा जोड दिएका हुन् ।
देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको सन्दर्भ उल्लेख गर्दै उनले त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँंदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको बताउनुभयो । राष्ट्रपति पौडेलले भने, “यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलार्ई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु ।”
राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार थप विषयको पठनपाठन सुरु गरी व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ ध्यान दिनुपर्ने आजको आवश्यकता भएको बताए ।
देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको सन्दर्भ उल्लेख गर्दै उनले त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँंदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको उल्लेख गरे।
“यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलार्ई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु”, राष्ट्रपति पौडेलले भने ।
शैक्षिक संस्थाहरूको प्रमुख कार्य मुलुकमा विभिन्न क्षेत्रका लागि आवश्यक गुणस्तरीय र दक्ष जनशक्ति तयार गरेको उनको भनाइ थियो ।
“मुुुलुकको प्राज्ञिक र प्रशासनिक मात्र होइन, राजनीतिक क्षेत्रमा स्थापित धेरै महिलाहरू यसै क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका पाइन्छन्, उच्च शिक्षामा नयाँ नयाँ विषय अध्ययनका क्रममा पछिल्लो समय नेपाली विद्यार्थीहरु विदेशिने क्रम बढ्दो छ, यो यथार्थतालाई मध्यनजर गरी आगामी दिनमा बजारको मागलाई सम्बोधन गर्न स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा यो क्याम्पसले विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने ।
कुनै पनि मुुलुकको विकासका लागि शिक्षाको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । साथै, नेपालमा नारीहरूको शैक्षिक उन्नयनमा पद्मकन्याको विशेष योगदान रहेको बताए । “राणा शासनको अन्त्य भएर प्रजातन्त्रको बिहानीसँगै शिक्षामा सर्वसाधारणको भर्खर पहुँच पुग्न लागेका बेला नेपाली नारीहरूका लागि उच्च शिक्षाको ढोका पद्मकन्याले नै खोलेको हो, त्यस्तो जटिल परिस्थितिमा उच्च शिक्षा प्रदान गर्ने मूल उद्देश्यका साथ स्थापना भएको पद्मकन्या क्याम्पस नारी शिक्षाको पर्यायका रुपमा रहेको छ”, राष्ट्रपति पौडेलले भने ।
गुणस्तरीय शिक्षाका लागि महिला सशक्तीकरण भन्ने मूल उद्देश्यले स्थापित पद्मकन्या बहुमुखी क्याम्पस गौरवपूर्ण इतिहास भएको नेपालको एक अग्रणी शैक्षिक संस्था र नारी शिक्षाका लागि मुलुककै प्रमुख प्राज्ञिक केन्द्र बन्न सफल हुनु खुशीको विषय भएको उउनले बताए । उनले क्याम्पसलाई महिला विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्नका लागि भएको पहलप्रति प्रसन्नता प्रकट गर्दै यसको सफलताको लागि शुभकामना व्यक्त गरे ।
राष्ट्रपति पौडेलले पछिल्लो शैक्षिक सत्रमा विद्यावारिधी गर्ने विद्या थापा, प्रज्ञा गौतम, भगवति सेडाई, निरन खनाल र अञ्जना पोखरेललाई सम्मान गरेका थिए । कार्यक्रममा क्याम्पसको शैक्षिक प्रगतिका बारेमा क्याम्पस प्रमुख प्रा डा जयलक्ष्मी प्रधानले जानकारी गराएका थिए ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend