Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण


    शुक्रबार, मंसिर ५ २०८२
    290
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदताको उमेरको निर्दिष्ट समय (कट अफ डेट) निर्धारण गरेको छ ।

    आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेभसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने बताए ।

    विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते आयोगले मतदताको अन्तिम नामावाली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार