काठमाडौँ । नागरिक समूहले सरकार, जेन जेड र दलहरू तीन वटै पक्षलाई संयमित हुन अपिल गरेको छ ।
बाराको सिमरामा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक समूहले विज्ञप्तिमार्फत असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको भन्दै संयमता अपनाउन आग्रह गरेको हो ।
राजनीतिक स्थायित्व र फागुन २१ गते तोकिएको निर्वाचनको तयारीको संवेदनशील चरणमा देखिएको पछिल्लो अराजनीतिक गतिविधिले देशको समग्र लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल प्रभाव पारेको विज्ञप्तिमा उल्लेख छ ।
सिमरा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमै भएको भिडन्त, कर्फ्यू आदेश, संरचनाहरूमा क्षति, तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको पनि नागरिक समूहले उल्लेख गरेको छ ।
त्यस्तै शान्तिपूर्ण निर्वाचन हुन नसके देश राजनीतिक शून्यतामा धकेलिन सक्ने भन्दै त्यसको प्रतिकूल असर सबै पक्षले भोग्नुपर्नेतर्फ नागरिक समूहले सचेत गराएको छ ।
नागरिक समूहले सरकार, राजनीतिक दलहरू तथा जेन जेड समूहलाई देशको शान्ति सुव्यवस्थामा खलल पुग्ने तथा चुनावी वातावरण बिग्रने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ । ‘सबै पक्षहरू संयमित हुन, संवादमार्फत समस्या समाधान गर्न र संवैधानिक मार्गप्रति प्रतिबद्ध रहन अत्यावश्यक भएको नागरिक समूहको ठहर छ’ विज्ञप्तिमा उल्लेख छ ।
चुनाव नै तोकिसकेको अवस्थामा राजनीतिक दलहरू विगतमा भन्दा बढी जनतामा जानु या राजनीतिक गतिविधि गर्नु स्वभाविक भएको उल्लेख गर्दै उसले चुनावी गतिविधि गर्दा दलहरू स्वयं पनि उक्साहट, भिडन्त र तनाव निम्त्याउने कार्यबाट अलग रहनुपर्ने नागरिक समूहको आग्रह छ । जेन जेड युवाहरू पनि संविधानको ख्याल गर्दै लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण अभिव्यक्तिकै बाटोमा हिँड्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend