Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते


    शुक्रबार, मंसिर ५ २०८२
    410
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तानसेन। विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

    शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ । उनीहरूको अवस्था सामान्य छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार