हेटौँडा । राजमार्ग दायाँबायाँ अतिक्रमण गर्नेहरुमाथि सरकार एक्सनमा उत्रिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय मकवानपुरले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथका दायाँ–बायाँ अतिक्रमण गरी बनेका संरचना हटाउने प्रक्रिया अघि बढाएको छ ।
शुक्रबार सार्वजनिक सूचनामार्फत् कार्यालयले तोकिएको सीमाभित्र रहेका स्थायी तथा अस्थायी संरचना १५ दिनभित्र स्वयं हटाउन उपभोक्ता तथा स्थानीयवासीलाई निर्देशन दिएको छ ।
कार्यालयका अनुसार रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म पर्ने क्षेत्रका ७५ फिट (२५–२५ मिटर) सडक सीमाभित्र पर्ने सबै संरचना हटाउनुपर्नेछ ।
निर्धारित समयभित्र अतिक्रमण हटाइएन भने सडक डिभिजनले स्वयं संरचना भत्काउने र त्यसका लागि लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाटै उठाइने सूचनामा स्पष्ट उल्लेख छ ।
कार्यालयले २०७८ पुस १९ गते सर्वोच्च अदालतले दिएको आदेश तथा यसअघि संरचना हटाउन जारी गरिएको सूचनाविरुद्ध दायर भएका रिट निवेदनहरू अदालतले खारेज गरिसकेको पनि जानकारी दिएको छ । यसले सडक सीमा खालिबनाउने प्रक्रिया कानुनी रूपमा अवरोधमुक्त भएको कार्यालयको दाबी छ ।
सडक डिभिजनले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक केन्द्रदेखि दायाँ–बायाँ २५–२५ मिटरको क्षेत्र सडक सीमा कायम गरिएको बताएको छ ।

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend