Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • सिमरामा जेनजीको प्रदर्शन स्थगित, भोली वार्ता हुने


    बिहिबार, मंसिर ४ २०८२
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बाराको सिमरामा जेन जेड युवाले राजमार्ग अवरुद्ध पार्दै गरेको प्रदर्शन बिहीबारका लागि स्थगित भएको छ।

    कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासन र वार्तामा बस्ने सहमतिपछि जेन जेड युवाले प्रदर्शन स्थगित गरेका हुन्।

    सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी छविरमण भट्टराईका अनुसार प्रशासन र जेन जेडबीच शुक्रबार वार्ता हुनेछ।

    आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेन जेड युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए।

    प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। झडपमा ६ जना प्रहरी र चार जना जेन जेड घाइते भएका छन्।

    प्रदर्शन स्थगित भएपछि सिमरामा बिहान ११ बजेदेखि अवरुद्ध बनेको यातायात सुचारु भएको छ। यातायात सुचारु भएसँगै सिमराको अवस्था सामान्य बनेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार