Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


    बिहिबार, मंसिर ४ २०८२
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

    आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

    न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुको कारण पेश गर्न आदेश दिँदै उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन भनेको हो ।

    प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले भक्तपुरस्थित निवासबाटै मध्यराति पक्राउ गरेको थियो ।

    उनलाई अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार