Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारामा ४ सेल अश्रु ग्यास प्रहार, २ राउन्ड हवाई फायर


    बिहिबार, मंसिर ४ २०८२
    535
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर गरेको छ ।

    कर्फ्युको अवज्ञा गर्दै जेन जेड प्रदर्शनकारी सडकमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार गरेको हो । त्यसैगरी २ राउन्ड हवाई फायर भएको बारा प्रहरीले जनाएको छ ।

    प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना घाइते भएको बताइएको छ ।

    बुधबार जेन जेड युवामाथि आक्रमण गर्नेलाई पक्राउ गर्न भन्दै उनीहरूले दबाब दिइरहेका छन् । प्रहरीले अहिले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार