Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीबाट कार्कीलाई फिर्ता बोलाउन माग गर्दै जेनजीले राष्ट्रपतिलाई बुझाए ज्ञापनपत्र


    बिहिबार, मंसिर ४ २०८२
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको भन्दै फिर्ता बोलाउन माग गरेका छन् ।

    बिहीबार २३ जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउँदै नयाँ सरकार गठनमा गर्न आग्रह गरेका हुन् ।

    भदौ २३ र २४ गते भएको जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारबाट ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन गर्नुपर्नेमा त्यसो नभएको जेनजी समूहहरूको तर्क छ ।

    यस्तै आन्दोलनमा दमन गर्नेमाथि कारबाही, घाइतेको उपचार र शहीद परिवारलाई उचित क्षतिपूर्ति दिनेबारे न्यूनतम अपेक्षा समेत पूरा नभएको भन्दै कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर आफूहरूको नेतृत्वमा सरकार बनाउन मध्यस्थता गरिदिन राष्ट्रपति समक्ष उनीहरूको आग्रह छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार