काठमाडौं । बञ्चरेडाँडाबासीसँग गरेको सहमति पालना नभएपछि काठमाडौं उपत्यकाको फोहोर ब्यवस्थापनमा फेरि ब्यवधान आएको छ ।
१५ दिनभित्र पूरा गर्नेगरी भएको सहमति सहरी विकासमन्त्री कुलमान घिसिङले पूरा नगरेको भन्दै बञ्चरेडाँडाबासीले पुनः उपत्यकाको फोहोर अवरुद्ध गरेका छन् ।
मन्त्री घिसिङसँग सहमति भएको हिजो बुधबार १५ दिन पुगेको छ । स्थानीयले सम्झौता भएको १५ दिनकै दिन फोहोर रोक्ने धम्की दिएका थिए । स्थानीयले फोहोर रोक्ने धम्की दिएपछि मंगलवार मन्त्री घिसिङले स्थानीयसँग कुरा गरेका थिए ।
मन्त्री घिसिङले गम्भीर असर पर्ने विषय फोहोर बन्द नगर्न आग्रह गर्दैगर्दा स्थानीयले फोहोर रोकेका छन् । फोहोर बोकेर बञ्चरे ल्यान्डफिल पुगेका सयौं गाडी बाटोमा थन्किएको छ । फोहोर रोकेपछि मन्त्री घिसिङले आक्रोश पोखेका थिए ।
स्थानीयले अटेर गरे प्रहरी परिचालन गरेर भए पनि फोहोर बिसर्जन गर्ने विषयमा छलफल भएको थियो । उपत्यकाका अधिकांश प्रहरी एनपीएल क्रिकेटको सुरक्षामा खटिएकाले तत्काल प्रहरी परिचालन गर्नसक्ने अवस्था छैन । करिब ४ हजार प्रहरी क्रिकेटको सुरक्षामा खटिएका छन् ।
कार्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेर १५ दिनभित्र प्रभावित स्थानीयका माग पूरा गर्ने मौखिक प्रतिवद्धता जनाएका थिए ।
स्थानीयले बन्चरेडाँडाका बस्तीहरूलाई तीनदेखि चार हजार मिटर पर सार्नुपर्ने, फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मल कारखाना सुरुआत गर्नुपर्ने, गुठी संस्थानको जग्गा ९० प्रतिशत उपभोग गर्न पाउनुपर्नेलगायत मागहरू राख्दै आएका थिए । स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयहरूले कामपासहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकेका थिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend