काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश–२०८२ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार, वर्तमान विषम परिस्थितिमा केही संवैधानिक पदाधिकारीहरू तुरुन्त नियुक्त गर्नुपर्ने भएकाले संसदीय सुनुवाइसम्बन्धी बाधा हटाउने उद्देश्यले अध्यादेश तयार गरिएको हो ।
अध्यादेशले संवैधानिक पदाधिकारी नियुक्ति गर्दा भोलि निर्वाचनपछि गठन हुने संसदीय सुनुवाइ समितिबाट अनुमोदन नपाए पनि पदाधिकारी कायम राख्न सकिने प्रावधान राखेको छ । साथै, गणपूरक संख्याको व्यवस्था पनि समावेश छ, जसअनुसार उपस्थित सदस्यहरूको बहुमत निर्णायक हुनेछ ।
हाल संवैधानिक परिषद् ६ सदस्यीय छ र प्रमुख विपक्षी दलको पद रिक्त छ।
यसअघि, संविधान संशोधन विधेयक दुवै सदनबाट पारित भइसकेको थियो र प्रमाणीकरणका लागि ३१ असारमा राष्ट्रपतिसमक्ष पठाइएको थियो । तर राष्ट्रपति पौडेलले विधेयक संविधानको मर्म र लोकतान्त्रिक मूल्यका दृष्टिले पुनर्विचारयोग्य भनी फिर्ता पठाएका थिए ।
यो विधेयक १२ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको थियो। त्यसपछि प्रतिनिधिसभाबाट १८ चैत २०८१ मा पारित भई राष्ट्रिय सभामा गएको, र राष्ट्रिय सभाबाट ३० जेठ २०८२ मा पारित भएर पुनस् प्रतिनिधिसभामा पठाइएको थियो । त्यसपछि २५ असार २०८२ मा प्रतिनिधिसभाले फेरि पारित गरेको थियो ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend