काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेता डा.शेखर कोइरालाबीच बुधवार भेटवार्ता हुँदै छ।
डा.कोइरालाले यसअघि विशेष महाधिवेशनले पार्टी विभाजन निम्त्याउन सक्ने भन्दै विरोध जनाउँदै आएका थिए ।
तर मङ्गलवार आफूनिकट युवा नेताहरूसँगको छलफलमा उनले केही लचकता देखाएका छन् । उनले भनेका छन्, ‘मङ्सिरको साटो पुस अन्त्यसम्म नियमित महाधिवेशन गर्न सकिएन भने केन्द्रीय कार्यसमितिले पूर्ण बैठक सर्वसम्मत वा आम सहमतिबाट निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्छ ।’
यसअघि संस्थापन पक्ष नियमित महाधिवेशनका लागि सहमत नदेखिएपछि महामन्त्री थापाले गत केन्द्रीय कार्यसमिति बैठकमै २७ मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पेस गरिसकेका छन् ।
सोही प्रस्तावलाई बलियो बनाउन महामन्त्री थापा-शर्मा पक्षले कोइराला समूहसहित पार्टीका विभिन्न पक्षसँग संवाद थालेको छ । कोइराला पक्षसँगको यो भेटलाई विशेष महाधिवेशनको एजेन्डामा सहमति जुटाउने प्रयासका रूपमा हेरिएको छ ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend