Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक


    मंगलबार, मंसिर २ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । जसका कारण राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित सबै सेवाहरू अवरुद्ध भएका छन्।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक नमराज घिमिरेले वेबसाइटमा आक्रमण भएको पुष्टि गरेका छन्। उनका अनुसार अहिले साइट बन्द गरी प्राविधिक टोलीले पुनस्सञ्चालनका लागि काम गरिरहेको छ। उनले सबै डाटा सुरक्षित रहेको आश्वासन पनि दिएका छन्।

    कसले कहाँबाट ह्याक गर्‍यो भन्ने अनुसन्धानकै क्रममा रहेको प्रवक्ता घिमिरेले बताए ।

    सुरुमा विभागको वेबसाइट खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिन्यो । अहिले भने त्यो देखिँदैन ।

    हालै निर्वाचन आयोगले मतदाता नामावली संकलनको क्रममा राष्ट्रिय परिचयपत्रको विवरणसँग जोडिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार