Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • युरोपेली युनियनद्वारा नेपाललाई ९ अर्बको आर्थिक सहयोग


    सोमबार, बैशाख १५ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लन्डन, १५ बैशाख । नेपाललाई कोरोना भाइरस नियन्त्रण र त्यसका प्रभावका लागि युरोपेली युनियनले आर्थिक सहयोग गरेको छ। यूनियनले नेपाललाई ९ अर्ब ८० करोड आर्थिक सहयोग गरेको हो।

    कठिन समयमा नेपालको एक असल मित्र रहेको भन्दै युनियनले नेपाललाई सहयोग गरेको हो । नेपालका लागि यूरोपेली यूनियनका राजदूत भेरोनिका कोडीले भनेका छन्, ‘यस संकटको समयलाई नियन्त्रणमा लिन यो सहयोग महत्वपूर्ण हुनेछ। उच्चजोखिमको क्षेत्रमा प्रभाव कम गर्न यो सहयोगि हुने छ। अन्तराष्ट्रिय सहयोग र एकता पहिलेभन्दा अझ बढेको छ।’

    कोरोनाभाइरस महामारी र यसका प्रभावसँग लड्न ईयु, सदस्य देशहरू र युरोपेली वित्तीय संस्थाको स्रोतलाई मिलाएर ईयुले २० अर्ब यूरोको “टीम युरोप” प्याकेज बनाएको छ। ईयूले ४ मेमा कोरोना भाइरसको भ्याक्सिनको विषयमा   विश्वव्यापी अनलाइन सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार