काठमाडौं । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मातहतका निकायका औषधिदेखि उपकरण खरिदमा ठूलो घोटाला भएको छ । प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगर र सचिव डा. सुमित्रा गौतमले आपूर्तिकर्तासँग सेटिङ गरी खरिद मूल्यभन्दा दुई गुणा महंगोमा भक्तपुर अस्पतालको सीटी स्क्यान मेसिन खरिद गरेको तथ्य खुलेको छ ।
साढे ३ करोडमा खरिद गरेको मेसिन लुम्बिनी हेल्थकेयरसँग सेटिङ गरी बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ७ करोडमा खरिद गरेको थियो ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालमा गएको जेठ ४ गतेदेखि सीटी स्क्यान मेसिन जडान गरी संचालनमा ल्याएको थियो । प्रदेश सरकारको मातहतमा संचालनमा रहेको भक्तपुर अस्पतालले पीडीआई (प्री–डेलिभरी इन्स्पेक्सन नगरी सीटी स्क्यान आपूर्तिकर्ता कम्पनीलाई ७ करोड रुपैयाँ भुक्तानी गरेको खुलासा भएको छ ।
बोलपत्रमा उल्लेखित स्पेसिफिकेसन अनुसारको सामान भए नभएको रिपोर्ट बायोमेडिकल इन्जीनीयरले दिएपछि मात्र भुक्तानीको प्रक्रिया अगाडि बढ्छ । सीटी स्क्यान मेसिनसँगै बोलपत्रमा उल्लेखित सबै सामान जडान नभएकाले बायोमेडिक इन्जीनीयरले रिपोर्ट नै नदिई सचिव गौतमले आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थ केयरलाई भुक्तानी दिएकी छन् ।
भक्तपुर अस्पतालमा ६ महिनाअघि सीटी स्क्यान सेवा संचालन भएको भनिए पनि २०८२ कात्तिक अन्तिमसम्म पनि सीटी स्क्यानसँगै जडान हुनुपर्ने एसी, युपीसी मेसिन र प्रिन्टर आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थ केयरले दिन बाँकी छ ।
करिब २५ लाख बराबरका मेसिन आपूर्ति र जडान गर्न बाँकी हुँदाहुँदै प्रदेश सचिव डा. सुमित्रा गौतमले लुम्बिनी हेल्थ केयरलाई पूरै ७ करोड रुपैयाँ भुक्तानी दिइसकेकी छन् । २५ लाखका सामान नबुझाई र जडान नै नगरी सेटिङमा आकर्षक लाभ लिएर भुक्तानी दिएको आरोप सचिव डा. गौतम र मन्त्री थापामगरमाथि लागेको छ । भक्तपुर अस्पतालमा जडान भएको सीटीस्क्यान मेसिन चीनमा बनेको हो । चीनमा बनेको कम मूल्यमा तयार हुन्छ ।
लुम्बिनी हेल्थकेयरले भक्तपुर अस्पतालमा जडान गरेको सीटी स्क्यानको खरिद मूल्य करिब साढे ३ करोड रुपैयाँमात्र पर्ने अस्पताल स्रोत बताउँछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपूर्तिकर्ताले खरिद गरेको भ्याटबिल छानबिन गरे पनि प्रष्ट हुने अस्पताल स्रोत बताउँछ ।
लुम्बिनी हेल्थ केयरसँग कमिसनमा सेटिङ मिलाएर खरिद मूल्यभन्दा साढे ३ करोड बढीमा लिइएको छ । पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य उपकरणमा १ करोडको मेसिन १४ करोडमा अस्पतालहरुमा आपूर्ति गरी भ्रष्टाचार हुने गरेको भनेर सार्वजनिक अभिब्यक्ति नै दिएका थिए । भक्तपुर अस्पतालको सीटी स्क्यान मेसिनमा थापाले भनेजस्तै दोब्बर मूल्य बढाएर भ्रष्टाचार गरिएको छ ।
सेटिङमा दोब्बर मूल्यमा खरिद गरिएको सीटीस्क्यानको पीडीआई नगरी भुक्तानी गरेर अर्को गैरकानुनी कार्य बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले गरेकाले कारबाही गर्न माग गर्दै अख्तियारमा उजुरी नै परेको छ ।
पीडीआई नगरी भुक्तानी दिने सचिव गौतमसहित सबैमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै २०८२ कात्तिक ३० गते अख्तियारमा परेको उजुरीको दर्ता नम्बर सी–०२४५२५ हो ।
उजुरीमा उल्लेख छ–टेण्डरमा उल्लेखित स्पेक अनुसारको सीटीस्क्यान मेसिन भए नभएको प्राबिधिक रिपोर्ट नभई पूरा भुक्तानी दिनु गैरकानुनी कार्य भएकाले भएको हँुदा सो को छानबिन गरियोस् ।
मन्त्री थापामगर र सचिव डा. सुमित्राले सीटी स्क्यान मेसिनमात्र होइन, ल्याव मेसिन, एक्सरे मेसिन लगायतका उपकरण खरिद गर्दा पनि सेटिङमा एउटै ब्यक्तिसँग सेटिङ मिलाएर गर्दैआएका छन् । उनीहरुले बिगत ४ वर्षदखि एउटै कम्पनीसँग सेटिङ गरी उसले मात्र ठेक्का पाउनेगरी स्पेक राखेर टेण्डर गर्ने गरेको आरोप छ । मन्त्री र सचिवले अख्तियार लगायतका निकायको आँखा छल्न फरक–फरक कम्पनीबाट प्रस्ताव हाल्न लगाएर विधि पुर्याउने गरेका छन् ।
कर्मचारी सरुवामा मनपरी, कनिष्टलाई प्रमुख, बरिष्ठ चिकित्सकको अपमान
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र सचिव डा. सुमित्रा गौतमले भक्तपुर अस्पताललाई प्रालि जस्तै बनाएको आरोप छ । भक्तपुर अस्पतालमा कनिष्ट चिकित्सकलाई प्रमुखमा राखिएको छ । ५० शैया(बेड)को टोखा अस्पतालमा २ जना सिनियर १० औँ तहका डाक्टर छन् । १ सय शैयाको भक्तपुर अस्पतालमा नवौं तहका कनिष्ट चिकित्सक प्रमुख छन् ।
मन्त्री किरण थापामगरले सेटिङमा थापाथली प्रसूतीगृहबाट सरुवा गरेर लगिएकी सचिव गौतमले आफ्नो अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मुख्यसचिव एकनारायण अर्यालसम्म कनेक्सन छ भन्दै खरिद ऐनदेखि स्वास्थ्य सेवा ऐन नियमबिपरीत सेटिङमा काम गर्न तल्लीन हुँदैआएकी छन् ।
गौतमले सूचना प्रबिधि(आईटी)का सम्पूर्ण काम सेटिङमै दिएकी छन् । औषधि लगायतको ठेक्का गोसाईँकुण्ड सप्लायर्सका अर्जुन सेढाईलाई दिएकी छन् । टोखा अस्पतालमा १० औं तहका बरिष्ठ चिकित्सक श्रीधर अर्याललाई कनिष्ट डाक्टर नवीन दर्नाललाई टोखा प्रादेशिक अस्पतालको निर्देशक बनाइएको छ । कनिष्ट मातहत राखेर बरिष्ठ डाक्टरको मनोबल गिराउने काम सचिव गौतमले गरेकी छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहिनन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend