Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश


    सोमबार, मंसिर १ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ ।

    न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेशका सभामुख रामचन्द्र मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न भनेको हो । सभामुख मण्डलले गत कात्तिक २७ गते सभामुख मण्डलले जसपाका ४ र नागरिक उन्मुक्तिका १ गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए ।

    जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त भएका थिए । सभामुखको उक्त निर्णयविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार