Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध


    सोमबार, मंसिर १ २०८२
    470
    Shares
    default
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले टीयू क्रिकेट मैदान वरपर भीडभाड नगरिदिन अनुरोध गरेको छ ।

    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सकिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

    एनपीएलको दोस्रो संस्करण आजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । उद्घाटन खेल साँझ ४ बजेदेखि काठमाडौं गोर्खाज र साविक विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् । टीयूमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको हो ।

    एनपीएलमा यसपटक पनि जनकपुर बोल्ट्स,काठमाडौं गोर्खाजका साथै सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार