Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज दुई वटा संसदीय समितिको बैठक बस्दै


    सोमबार, मंसिर १ २०८२
    370
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्दैछ । सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्ने कार्यसूची छ ।

    यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार